ओटावा, क्यानडा, २१ साउन साउदी अरबका लागि क्यानडाका राजदूतलाई रियादले देश निकाला गरेको खबरप्रति सोमबार ओटावाले ‘गम्भीरतापूर्वक चासो’ व्यक्त गरेको छ ।
यसपहिले साउदी अरबले क्यानेडाली राजदूत डेनिस होराकका गतिविधि साउदी अरबको हित विपरीत हुनेगरी आएका भन्दै २४ घण्टाभित्र देश छाड्न भनेको थियो । साउदी अरबको विदेश मन्त्रालयले क्यानडासँगको सम्पूर्ण व्यापार तथा लगानीका कारोबारलाई पनि रोक्ने घोषणा गरेको थियो ।
जेलमा परेका मानव अधिकारकर्मीलाई छोड्न दवाव दिएको भन्दै रियादले होराकलाई देश छाड्न भनेको हो ।
“साउदी अरबद्वारा हाम्रा राजदूतलाई देश छाड्न भनी आएका समाचार तथा पछिल्ला विज्ञप्तिहरूबारे हाम्रो ध्यानाकर्षण भएको छ । यसबारे रियादले थप प्रष्ट पार्न आग्रह गर्दर्छौँ, ” क्यानाडेली विदेश मन्त्रालयका प्रवक्ता मारिया–पिएर बारिलले भन्नुभयो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू