जाकार्ता, इन्डोनेसिया, २० साउन (रासस÷एएफपी) ः इन्डोनेसियाको लोम्बक टापूमा आइतबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्व विभाग (यूएसजीएस)ले जनाएको छ ।
एक हप्ता पहिले भूकम्पका कारण उक्त क्षेत्रमा रहेको पर्यटकीय टापू लोम्बकमा १७ जनाको मृत्यु भएको थियो ।
आइतबारको भूकम्पको केन्द्रविन्दु लोम्बकको सतहबाट १० किलोमिटर गहिराइमा रहेको यूएसजीएसले बताएको छ ।
इन्डोनेसियाली अधिकारीहरूले भूकम्पपछि लोक्बक र वरपरका क्षेत्रमा सुनामी आउने चेतावनी दिँदै नागरिकहरूलाई सामूद्रिक क्षेत्रबाट टाढा रहन आग्रह गरेका स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
इन्डोनेसियाको मौसम,जलवायु, तथा भूगर्वविज्ञान हेर्ने निकायका प्रमुख डिकोरिता कर्नावतीले स्थानीय टेलिभिजनमार्फत नागरिकलाई सामूद्रिक सतहदेखि अग्लास्थानमा गएर बस्न र सूनामीको प्रभाव शान्त भएपछिमात्र घर फर्कन आग्रह गर्नुभएको छ ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू