आज साउन १७ गते अपरान्ह एक बजे मक्का मदीना जान लागेका हजयात्रीहरू सङ्ग कश्मीरी मस्जिदमा आएर मन्त्री मोहम्मद इश्तियाक राइनले भेटघाट गरेका छन ।
हाजीहरू लाई सफल यात्राको शुभकामना दिदै हज समितिलाई आगामी दिनमा अझ व्यवस्थित बनाई चुस्त दरुस्त सेवा प्रदान गर्ने बताएका छन ।
संघीय समाजवादि फोरम नेपालको सचिव समेत रहेका मन्त्री राइनले यात्राको सफलताको कामना गर्दै हजयात्रीहरू सङ्ग खुशी साटासाट गरेका छन ।
साथै हजयात्रीहरुको लागि केयर फाउंडेशनले संचालन गरेको निःशुल्क सवास्थ्य शिविरको अनुगमन गर्दै समुदाय प्रति ठुलो योगदान गरिरहेको ठहर गरे ।
आज पनि ठुलो सङ्ख्यामा शिविरमा उपलब्ध रहेको सेवा सुविधाहरू प्राप्त गरेको छन ।
त्यस्तै आज छ बजे कपिलवस्तु को सदरमुकाम तौलिहवामा हाजी हरुलाई केयर ह्युमन राइटका अध्यक्ष हजरत अलि खान , उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी , मुन्ने खान ,नूर मोहम्मद लगायत समाजसेवी हरुले बिदाई गरेका छन।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू