०९ माघ २०८१

पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय विकेट सोमपालका नाममा

१६ श्रावण २०७५, बुधबार २३:१४ मा प्रकाशित

काठमाडौँ, १६ (रासस) ः नेपालका बलर सोपाल कामी अन्तर्राष्ट्रिय एक दिवसीयमा क्रिकेट प्रतियोगितामा पहिलो विकेट लिने नेपाली खेलाडी बनेका छन् ।

नेदरल्यान्ड्सस्थित भिआरए मैदान भर्खरै शुरु भएको अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा सोमपालले तेस्रो ओभरको तेस्रो बलमा नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान ड्यानियल टेर ब्राकलाई बोल्ड आउट गरेका हुन् ।

गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै नेपालले एक दिवसीय मान्यता पाएको थियो । टस जितेर नेदरल्याण्ड्सले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ । नेदरल्याण्ड्सले अहिले ३० ओभरको खेल सकिँदासम्म ४ विकेटको क्षतिमा १२९ रन बनाएर खेलिरहेको छ । नेपालका कप्तान पारस खड्काले २ र सन्दीप लामिछानेले १ विकेट लिएका छन् ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter