०९ माघ २०८१

जेठ २ गतेसम्म भिसा लागेका नेपालीलाई मलेसिया जान अनुमति,व्यवसायी भन्छन-‘शुभ संकेत, चाडै पुरै खुल्ला’

१६ श्रावण २०७५, बुधबार २२:४९ मा प्रकाशित

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत जेठ २ गतेभन्दा अघि भिसा प्राप्त गरी अन्तिम श्रम स्वीकृतिको प्रक्रियामा रहेका नेपाली मलेसिया जानसक्ने जनाएको छ । मन्त्रालयका अनुसार करिब साढे ४ सय जना यो निर्णयपछि मलेसिया जान सक्नेछन् ।

‘जेठ २ गतेसम्म दूतावासबाट भिसा स्ट्याम्पीङ भएका कामदारलाई श्रम स्वीकृति दिने निर्णय भएको छ,’ मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ।

गत जेठ २ गते श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयले कामदार माथिको आर्थिक भार नहटाएसम्म नेपालीलाई मलेसिया नपठाउने निर्णय गरेपछि भिसा पाइसकेका कामदारले समेत श्रम स्वीकृति पाएको थिएनन्।

श्रम मन्त्रालयले जेठ २ गते एकपक्षीय रुपमा खडा गरिएका ३९ स्वास्थ्य संस्थाहरुको सिन्डिकेट अन्त्य गरी मापदण्ड पूरा गरी मन्त्रालयमा सूचीकृत भएका स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्य परीक्षण गर्न पाउने व्यवस्था मिलाउने निर्णय गरेको थियो । त्यसयता मलेसिया जान नेपाली कामदारलाई रोक लगाइएको थियो ।

मलेसियन सरकारले भिषा शुल्क वापत ७ सय रुपैयाँ मात्र तोकेको अवस्थामा स्वास्थ्य परीक्षण गर्न ३९ वटा मात्र स्वास्थ्य संस्थाहरुको सिन्डिकेट खडा गरी बायोमेट्रिक प्रणालीका नाममा प्रति कामदार ४ हजार ५ सय, स्वास्थ्य परीक्षणार्थ सफ्टवेयरमा नाम दर्ता गर्ने गरी माइग्रामका नाममा १२५ मलेसियन रिंगिट अर्थात ३ हजार ४ सय रुपैयाँ, पासपोर्ट संकलन गरी नेपालस्थित मलेसियन दुतावाससम्म पुर्याउने प्रयोजन का लागि वन स्टप सेन्टरका नाममा २ हजार ८ सय, इमिग्रेसन सेक्युरिटी क्लिएरेन्सका नाममा ३ हजार २ सय तथा भिषा प्रोसेसिङ्ग वापत भिएलएनका नाममा ३ हजार २ सय गरी प्रति कामदार १९ हजार ३२३ रुपैयाँका दरले गैरकानूनी रुपमा असुलउपर गरी ठगी गरेको पाइएको भन्दै मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाएको छ ।

यस्ता संस्थाहरुको नेपाल प्रहरीबाट अनुसन्धान भई ३४ संस्थाका ४४ जना व्यक्तिहरु उपर करीव ३ अर्व १० करोड ५५ लाख बराबरको बिगो दाबीसहित अदालतमा मुद्दा दायर भई न्यायिक निरुपणको प्रकृयामा रहेको मन्त्रालयले जनाएको छ ।

शुभ संकेत : व्यवसायी
यता वैदेशिक रोजगार व्यवसायीले भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको निर्णयलाई सकारात्मक संकेतको रुपमा लिएको बताएका छन् । मलेसिया रोजगारीमा केन्द्रित एक अग्रज व्यवसायीले प्रस्टकुरा सँग भने-‘ढिलै भएपनि मलेसिया पुरै खुल्नेमा केही सकारात्मक संकेत मिलेको छ । हिजो सरकार अनशन जस्तै बसेको थियो,आजको निर्णयले वार्ताको वातावरण बनेको छ ।आज जुस खाएर अनशन तोड्यो,भोलि खान खान्छभन्ने हामीलाई विश्वास छ । तर यसो भनिरहँदा सरकार गल्यो या नेपाल सरकारले हार्यो भन्न खोजेको बिल्कुल होइन । सरकार आफैले समाधानको बाटो पहिल्याएको हो । यसलाई शुभ संकेतको रुपमा लिनुपर्छ ।’

saabhar: prastakura.com

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter