इमरानखान/केयर खबर
कपिलवस्तु १३ साउन । कपिलवस्तु जिल्लाको बिकास गर्न मागलिएर समाजसेवी तथा युवा नेता अकरम पठान केहि दिन यतासंघीय सरकारकाशहरी बिकास मन्त्री मोहम्मद इश्तियाक़ राईन समझपुगेर आफनो जिल्लाको बारेमा भने पश्चात मान्त्रि राईनले गरेको बाचाकि म कपिलवस्तु आउछु त्यो बाचा पुरा भाको रहिछ । शुक्रबार साझ ४ बजे तिर उहाँ कपिलवस्तु आउनु बित्तकै बृहतरुपमाउनको स्वागत गरिएको थियो । मन्त्रि राईन तौलिहवामा राखेको शुभकामना एवं पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै मन्त्री राईनले बर्तमान सरकारले मधेश वादी दलका जायज मागको सम्बोधन गर्दै संबिधान संशोधन छिट्टै हुनेबताए ।
सरकारमा सहभागि भएको समयावधी छोटो भएता पनि नागरिकताको बिषय टुंगाएर सरकारले संविधान संशोधन गरेर मधेस र मधेसी प्रतिउचितन्याय दिने उनले बताए ।कपिलबस्तु ६ नगरपालिका डी.पि.आर को तयारी अवस्थामा रहेको हुदा समग्र बिकास लागीप्रत्येक नगरपालिकालाई २ अरब रुपैया शहरी बिकास मन्त्रालयबाट बिनियोजन गर्ने एजेण्डा रहेको मन्त्री राइनले बताए ।साथै शहरी बिकास मन्त्रालयको मातहतमा रहेको जनताआवास कार्यक्रमका लागीआगामी आर्थिक बर्षदेखि ५० हजार रुपैया प्रतिपरिवार बितरण गरिने समेत उल्लेख गरे ।चालु आवको बजेट प्रस्तुतभइसकेपछि संघीय समाज वादी फोरम नेपाल सरकारमा सहभागी भएतापनि त्यस्को प्रभाव सकारात्मक रहेको जिकिर गरे ।तौलिहवाको कार्यक्रम सिध्यारा मन्त्रि राईन कृष्णनगर प्रस्थान गरेकाथिए कृष्णनगरका सम्पुर्ण नगरबासीहरु बैन्ड बाजाको साथमाउनको स्वागतगरिएको थियो । कृष्णनगरमा रहेका समाज सेवीएव सघिय समाज वादी फोरम कायुवा नेताअकरम पठानको नया पेट्रोल पम्प उद्घाटन समारोहमा पुगेर उद्घाटन गर्नु भएको थिए । मान्त्रि राईनलाई मुस्लिम धर्म लम्बीहरुले मदरसा जामिया इसलामिया नईमीया द्धारा मान्त्रि राईनलाई मौलाना हाजी अकील अहमद ले साफि (पगडी) बधेरा सम्मानगर्नु भएकाथिए ।
कृष्णनगर माउनले मातृभाषाअवधिमा भाषण गर्दै मधेश आन्दोलनबाट पाएको उपलब्धिलाई गुमाउनु भन्दात्यसलाई संस्थागतगर्न हाम्रो पार्टी सरकारमागएको हो साथै वहांले सरकारमै रहेर मधेशका मुद्दाहरु संशोधनगर्दै लैजाने स्पष्टोक्तिगर्नुभयो ।जिल्लाको कृष्णनगरमा आयोजित केएसके ग्रुपको रजत जयन्तीतथा दृटान्त पेट्रोल पम्प उद्घाटनमा ससफोनेका नेता सहसरामयादव , महराजगं जनगरपालिका कानगरप्रमुख अब्दुल कलाम खां ,मायादेवी देवी गाउंपालिका अध्यक्ष बजरंगीयादव कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष गुरुशरण सिंह सरदार लगायत समाज सेवी ब्रहमानन्द उपाध्याय , अकिलमियां , पेट्रोल पम्पव्यावसायी ,विभिन्न संघ संस्थाका पदाधिकारी एवं सर्वासाधारणको उपस्थिति थियो ।कार्यक्रमकै क्रममा समाज सेवी तथा युवा नेता अकरम पठान लाई संघिय समाजवादी फोरम नेपालको ५ नं. प्रदेश समितिको प्रदेश प्रवक्तामा सर्बसम्मत मनोयन हुनु भाएका छन । अन्तमा मन्त्री इश्तियाक़ राईनले २७, २८ र २९ गते महाधिबेशनहुने हुंदाब्यापक रुपमा सहभागिताजनाई महाधिबेशनलाई ऐतिहासिकता प्रदानगर्न आग्रह गरकाथिए ।
भिडियो लिक : https://youtu.be/ZrWnsMq_V7E
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू