०३ माघ २०८१

हरिनगर गाउँपालिकाको बजेट सार्वजनिक

नसीम राज अन्सारी

११ श्रावण २०७५, शुक्रबार ११:२८ मा प्रकाशित

केयर खबर इनरुवा सुनसरी साउन ११ गते:  सुनसरीकाे हरिनगर गाउँपालिकाले अा.व २०७५ / ७६ काे कुल बजेट ४५ करोड ११ लाख ४ हजार रहेको छ। हरिनगर गाउँपालिकाले विहिवार दोस्रो गाउँसभाबाट पारित २०७५/७६ को बजेट नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । नीति तथा कार्यक्रममा भौतिक विकास, शैक्षिक विकास र आर्थिक विकासलाई जोड दिईएको छ । बजेट नीति सार्वजानिकिकरण कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका संसदिय दलका उपनेता बिजय कुमार गच्छदार र हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बजेट नीति तथा कार्यक्रम सार्वजानिकिकरण गरेका थिए । आर्थिक वर्ष २०७५ र ७६ को लागि ४५ करोड ११ लाख ४ हजार बजेट पेश गरिएको छ । बजेटको गाउँपालिकाबाट उठाएकाे रकम ६० लाख , चालु तर्फबाट १९ करोड २९ लाख ४० हजार र पूंजी तर्फबाट २५ करोड ८१ लाख ६४ हजार रहेको छ । संसदिय दलका उपनेता बिजय कुमार गच्छदारले शुभकामना मन्तव्य राख्दै हरिनगर गाउँपालिकाको बजेटमा आफ्नो पुरा समर्थन रहेको बताए । उपनेता गच्छदारले समग्र विकासका लागि सडक महत्वपुर्ण रहेकोले हरिनगराको ७ ओटै वडामा कालोपत्रे सहितको सडक निर्माण गर्नकालागि हरिनगराका प्रमुख, उपप्रमुख वडाध्यक्षहरुलाइ निर्देशन दिएका थिए । कार्यक्रममा २ नम्बर क्षेत्रका संसद सिता राम मेहता १ नम्वर प्रदेशका सांसद राजिब काेईराला, हाजि ताहिर अन्सारी, ज्याेति सुवा, लगायतका बक्ताहरुले शुभकामना मन्तव्य राख्दै हरिनगर गाउँपालिकाको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । भौतिक पूर्वाधारमा कालोपत्र सडक, सडक स्तर उन्नती, कल्भर्ट,भवन निर्माण आदि रहेका छन् । त्यसैगरि सामाजिक विकास तर्फ शैक्षिक क्षेत्र स्वास्थ्य क्षेत्र, त्यसैगरी आर्थिक विकास तर्फ यूवाहरुलाइ आकर्षण गर्न कृषि आधुनिकीकरण गर्नेका लागि बजेट विनियोजन गरिएको छ । त्यसैगरी हरिनगरामा रहेका विभिन्न जातिहरुको धार्मिक संस्थाहरुलाई प्रोत्साहन गर्ने , खानेपानीलाई व्यवस्थित बनाउने लक्ष्य राखेको छ । फोहोर व्यवस्थापनका लागि विकल्प खोज्ने, ल्याण्ड फिल्ड साईटको व्यवस्था गरि फोहोरबाट मल उत्पादन गर्ने उल्लेख छ । त्यसैगरी गाउँमा स्वरोजगारका लागि विभिन्न शिप मुलक तथा आय मुलक कार्यक्रम संचालन गर्ने कार्यक्रममा उल्लेख छ । गाउँमा रहेको विपन्न परिवारलाई लक्षित गरि गरिब संग गाउँपालिका कार्यक्रम संचालन गर्ने कार्यक्रममा उल्लेख छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter