०२ माघ २०८१

अवरुद्ध महाकाली राजमार्ग सञ्चालन

१० श्रावण २०७५, बिहीबार २३:३८ मा प्रकाशित

बैतडी, १० साउन (रासस) ः गए रातिदेखि अवरुद्ध महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ ।

महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलासैनी–६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खसेर अवरुद्ध भएको सडक आज मध्याह्नपछि पुनः सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालय पाटनको डोजरले पहिरो पन्छाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । लगातार पानी परिरहेकाले बांगाबगरमा फेरि पनि जुनसुकै बेला पहिरो खस्न सक्ने सम्भावना रहेको जनाएको छ ।

राजमार्ग पुनः सञ्चालनमा आएपछि रोकिएका सवारी साधन तथा यात्रुहरु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । २०६० साल असारमा आएको उक्त पहिरोको व्यवस्थापन तथा सडक मर्मत राम्रोसँग नहुँदा बर्सातको समयमा प्रत्येक वर्ष उक्त ठाउँमा बेलाबेलामा सडक अवरुद्ध हुँदै आएको छ । यसअघि बांगाबगरमै पहिरो खस्दा मंगलबार रातिदेखि अवरुद्ध भएको महाकाली राजमार्ग बुधबार दिउँसो मात्रै सञ्चालनमा आएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter