०३ माघ २०८१

सुनसरीको घुस्कीमा सशस्त्र प्रहरीले गोलि चलाउदा ४ जना स्थानीय घाइते

नसीम अन्सारी

१० श्रावण २०७५, बिहीबार १२:११ मा प्रकाशित

इनरुवा  १०  केयर खबर ,दर्जनौं राउण्ड गोली प्रहार, गोली लागी कम्ती एकजना घाईते इनरुवा । भारतको सिमासँग जोडिएको घुस्कीमा एक महिलालाई सशस्त्र प्रहरीले मरणासन्न हुने गरी कुटपीट गरेको विरोधमा स्थानीय उत्रिएपछि सुरक्षाकर्मी र स्थानीयबीच दोहोरो झडप भएको छ । झडप नियन्त्रण गर्न प्रहरीले ठूलो परिमाणमा गोली र अश्रु ग्यास प्रहार गरेको छ । सो क्रममा सुरक्षार्कीको गोली लागी एक जना घाईते भएका छन । स्थानीयका अनुसार साविक घुस्की गा.वि.स हाल हरिनगर गाँउपालिका वडा नं. ७ बस्ने गियास जटकी ३० वर्षिय गर्भवती छोरी मेहनाज खातुनले चराउन लगेको खसी बाख्रा ल्याउँदै गर्दा सशस्त्र प्रहरी बल घुस्कीका इन्चार्ज सशस्त्र प्रहरी नायब निरीक्षक दिल बहादुर तामाङको नेतृत्वमा खटिएको टोलीले मरणासन्न हुने गरि कुटेपछि स्थानीय बासिन्दा आक्रोसित बनेका हुन । टाउँको , पेट र छातीमा गम्भिर चोट लागेकोले बेहोशको अवस्थामा उपचारका लागि एम्बुलेन्समा राखेर लगिएको छ । एक गर्भवती महिलालाई निर्घात कुटने सशस्त्र प्रहरी नायब निरीक्षक तामाङ र सशस्त्र प्रहरी हवल्दार कृष्ण साहमाथि स्थानीय जनता जाई लागेपछि सशस्त्र प्रहरीका टोली दर्जनौं गोली हवाई फायर गरेका छन् भने स्थानीय कैजुम जटको हातमा गोली लागेको स्थानीयहरुले बताएका छन् । अहिले सशस्त्रका टोली जनपथ प्रहरीको प्रहरी चौकी घुस्कीमा शरण लिएका छन् भने हजारौ घुस्कीबासीले प्रहरी चौकीलाई घेरा हालेका छन । सशस्त्र प्रहरीका हवल्दार कृष्ण साहले आफुहरु माथिको निर्देशनमा सीमामा चेक जाँच बढाएका कारण स्थानीयहरुलाई भारतबाट सामान ल्याउन अप्ठ्यारो भएकोले आफूहरु बिरुद्ध उत्रिएको आरोप लगाएका छन । प्रहरीले ति महिलाले भारतबाट भन्सार छली गरेर खसी तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा आफूहरुले नियन्त्रणमा लिदा स्थानीय उत्रिएको दावी गरेको छ । आइतवारका दिन घुस्की हाल हरिनगर ६ का स्थानीयले हाटबाट खरिद गरि लगेका गोरु ,गाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा स्थानीयहरुले सशस्त्र प्रहरीका सई तामाङ र हवल्दार साहलाई कुटपिट गरेका थिए । तनावग्रस्त स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय सुनसरी, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय इनरुवा, बराहा बाहिनी पकली, दंगा नियन्त्रण प्रहरी बल दुहवीबाट ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter