२०७५ साउन ७ गते कपिलवस्तु जिल्ला को सदर मुकाम तौलिहवा मा आयोजित “One Day Seminar On Ambadkar/ Why Ambadkarism in Nepal?
शीर्षक भएको सेमीनारमा केअर मानव अधिकारका अध्यक्ष हज़रत अली मुसलमानले आफ्नो विशिष्ट अतिथित्वको मन्तव्यमा “स्वतंत्रता, समानता, भाईचारा, विज्ञानवाद, मानवतावाद, सत्य र अहिंसा अम्बेडकरवादको मूल सिद्धांत हुन। र यी सिद्धांत साच्चिकै भन्ने हो भने मानवजातिको मौलिक अधिकार पनि हुन। कुनै जाता जाति, वर्ग समुदायको मौलिक अथवा संवैधानिक अधिकार हनन हुने अवस्थामा आंख बन्द राखी ताली ठोक्नको निमित्त केअर मानव अधिकार गठन गरियेको होईन, हामी धरातलमा झरेर पीड़ित र शोषितको आवाज बन्छौं।
संविधान को धारा १६, १७, १८, २०, २१, २२, २४, २५, २६, २९ आदि को व्याख्या गर्दै अम्बेडकरवाद बिकास बिस्तार, तथा शििक्षा बिस्तार गर्न अहिलेको आवश्यकता रहेको ठहर केअर मानवधिकारका अध्यक्ष हजरत अलिले गरे ।
बाबा साहेब आंबेडकरको जीवनी बताउंदै १९९१ मा जन्मिएका एउटा दलित बालक जसलाई भारत को तत्कालीन व्यवस्थाले शिक्षाको अधिकारबाट वंचित गर्न खोजे पनि ३२ वटा डिग्री प्राप्त गरी महापुरुष भीमराव अम्बेडकर आज़ाद भारतको पहिलो कानून मंत्री बन्नु पाउनलाई अम्बेडकरवाद भनिन्छ भनि परिभाषित गरे।
कार्यक्रमको अध्यक्षता अब्दुल करीम गद्दी र प्रमुख अतिथि बहुजन शक्ति पार्टी का प्रदेश नं ५ का संयोजक नेता एहसान खान लगायत विशिष्ट अतिथि मा थर्ड एलायंसका श्री शैलेन्द्र अम्बेडकर र सर्लाही जिल्लाका हरिनंदन अम्बेडकर त्यस्तै
बौद्ध धर्मका धर्मगुरुहरू लगायत राजनीतिक दलका प्रतिनिधिहरू को बाक्लो उपस्थित थियो।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू