बाँके,६ साउन । नेपाल र भारत दुई देशबिचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउँन पत्रकारको भुमिका महत्त्वपुर्ण हुने मिडिया फोटो ग्राफर्स क्लब उप प्रदेशका अध्यक्ष एसएम पारीले बताउनु भयो ।
नेपालगंजमा पत्रकारहरु संग कुरा गर्दै पारीले नकारात्मक सोंच भन्दा पनि सकारात्मक सोंचलाई लिएर दुवै देश बिचको सम्बन्धलाई अगाडि बढाउन अवश्यक रहेको धाराणा राख्नु भएको थियो ।
नेपाल पत्रकार महासंघ बाँकेका कार्यसमिति सदस्य एंव थर्ड एलायन्सका उप प्रादेशीक प्रमुख आलम खानले नेपाल भारत बिचको रोटीबेटीको सम्बन्ध रहेकोेले अब पत्रकारहरुका बिच पनि मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले मिडिया फोटो ग्राफर्स क्लबले नेपाली पत्रकारहरुलाई सम्पन्न गरेको स्मरण गर्दै भविष्यमा पनि नेपाली पत्रकारहरुलाई क्लब संग जोडनका निम्ती पहल गर्न अनुरोध गर्नु भएको थियो । खानले नेपाल पत्रकार महासंघ भारतीय संचार संस्थाहरु संग समन्वय गर्न तयार रहेको समेत जिकिर गर्नु भयो ।
कार्यक्रममा प्रेस मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष आशीष गुप्ताले विगतमा क्लबले नेपाली पत्रकारहरुलाई दिएको स्थानको प्रसशा गर्दै भविष्यमा पनि नेपाली पत्रकारहरुलाई स्थान दिने भन्ने कुरामा विश्वस्त रहेको बताउनु भयो ।
प्रेस सेन्टर नेपालका अध्यक्ष डक्ट प्रसाद धितालले नेपाली भूमिमा पहिलो पटक स्वागत गर्न पाउद खुशी लागेको बताउदै भारतीय मिडिया हाउसले नेपाली पत्रकारहरुको निशुल्क उपचारका लागि सरकार संग पहल गरी दिन माग गर्नु भयो ।
एनपी आईका प्रमुख मोहम्मद आरीफ अन्सारीले पत्रकारहरुको कुनै धर्म नभएको बताउदै नेपाल र भारत बिचको पत्रकारीतालाई अझ बलियो बनाउन आवश्यक रहेको बताउनु भयो ।
धन्याबाद ज्ञापन सहित कार्यक्रमको समापन गर्दै क्लबका अध्यक्ष पारीले नेपालमा क्लब स्थापना भए पनि अधिकारी घोषण गर्न बाँकी रहेको बताउदै छिटै अधिकारीक रुपमा घोषण गरिने बताउनु भयो । उहाँले नेपाली पत्रकारहरुको भारतमा निशुल्क उपचारका लागि सरकार संग यस भन्दा पहिला पनि नेपाली पत्रकारहरुका बिच छलफल भए पनि केही प्राविधिक त्रुटीका कारण अधिकारी रुपमा सम्झौता हुन नसके पनि केही महिना भित्रै प्रदेश सरकार संग नेपाली पत्रकारहरुलाई राखेर सम्झौता गराउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
भारतको लखनउमा उपचार गराई रहेका नेपाली पत्रकार रहिस अहमद सिद्धिकिको आर्थिक स्थिती कमजोर भएका कारण उपचारमा समस्या भएकोले तत्काल उपचारका लागि पहल गर्न क्लबका अध्यक्ष पारी संग नेपाली पत्रकारहरुले अनुरोध गरेका थिए । अध्यक्ष पारीले प्रदेश सरकार संग कुरा गरेर निशुल्क उपचारको व्यवस्था मिलाउने बताउनु भएको थियो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू