२६ फागुन २०८१

शान्ति कायम राख्न संयमित रही भूमिका निर्वाह गर्न गृहको अपिल

४ श्रावण २०७५, शुक्रबार ००:०१ मा प्रकाशित

काठमाडौँ, ३ साउन (रासस) ः गृहमन्त्रालयले आमरण अनशनरत प्रा डा गोविन्द केसीका मागका सम्बन्धमा सम्बन्धित निकायबाट विधिपूर्वक समाधान हुने भन्दै शान्ति कायम राख्न आ–आफ्नो स्थानबाट संयमित रही भूमिका निर्वाह गर्न अपिल गरेको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गरी दिउँसो जुम्ला जिल्लाको सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत प्रा डा केसीलाई काठमाडौँ ल्याउने क्रममा त्यहाँका विद्यार्थी र कर्मचारीलगायतबाट सुरक्षाकर्मीमाथि हुलहुज्जत गरी प्रतिष्ठानको माथिल्लो तलाबाट सिसा, कुर्चीलगायत अस्पतालभित्रका सामग्रीले प्रहार गरेको जनाएको छ ।

“वार्ता टोलीलाई समेत प्रा डा केसीसँग भेट्न नदिई प्रतिष्ठानमा तनावको वातावरण सिर्जना भएपश्चात् सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिन संयमता अपनाउँदाअपनाउँदै पनि प्रतिष्ठानका कर्मचारी, विद्यार्थी तथा अन्य असम्बन्धित व्यक्तिको प्रहारबाट सुरक्षाकर्मी गम्भीर घाइते भएको र निजको उपचार भइरहेको सम्बद्ध स्वास्थ्य संस्थाले जनाएको छ”, विज्ञप्तिमा भनिएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

मुख्य खबर

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter