जाकार्ता, २ साउन (रासस÷एएफपी) ः इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनलाई आफ्नो देशमा नियन्त्रणा गर्नुभएको छ ।
आउँदो महिना हुने एसियन खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा आतिथ्यता ग्रहण गर्न उहाँले दुई कोरियाका दुई शीर्ष नेतालाई निमन्त्रणा गर्नुभएको हो ।
प्रतियोगितामा दुवै देशले सँगै सहभागिता जनाउने सहमति भइसकेकाले राष्ट्रपति विडोडोले किम र मुनलाई निमन्त्रणा गर्नुभएको इन्डोनेसियाका उच्च अधिकारीहरूले जनाएका छन् ।
विश्वमा शान्तिपूर्ण वातावरण फैलाउनका लागि सो कार्यक्रम एउटा महत्वपूर्ण सहयोगी अवसर हुनसक्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा दुई कोरियाका शीर्ष नेताद्वय किम र मुन सहभागी भए विश्वको ध्यान खिचिने छ ।
एसियन खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा झण्डै २६ देशका प्रमुख आउने संभावना रहेको बताइएको छ ।
उद्घाटन समारोहका लागि दुई लाख सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको इन्डोनेसियाको प्रहरीका राष्ट्रिय प्रमुख टिटो कार्नाभिआनले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा झण्डै ४५ देशबाट नेता, खेलाडी, प्रतिनिधिलगायत गरी झण्डै २५ जना सहभागी हुने अपेक्षा आयोजक राष्ट्र इन्डोनेसियाले गरेको छ । प्रतियोगिताअन्तर्गत विभिन्न ४० वटा खेल हुनेछन् ।
आउँदो अगस्ट १८ देखि सेप्टेम्बर २ तारिखसम्म हुन लागेको प्रतियोगिता १८औँ संस्करण हो ।
–––
तपाईंको प्रतिकृयाहरू