२० माघ २०८१

डा केसीको जीवन रक्षाको माग गर्दै नेवि संघको प्रदर्शन

१ श्रावण २०७५, मंगलवार २२:४४ मा प्रकाशित

काठमाडौँ, १ साउन (रासस) ः नेपाल विद्यार्थी संघले डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

नेवि संघले माथेमा प्रतिवेदन लागू गरेर डा केसीले राखेको माग पूरा गर्न माग गर्दै आज माइतीघरदेखि नयाँ बानेश्वरसम्म ¥यालीसमेत निकालेको छ । नेवि संघका अध्यक्ष नैनसिंह महरले सरकारले नागरिकको अधिकार खोसेकाले त्यसको विरुद्धमा नेवि संघले विरोध प्रदर्शन गरेको बताउनुभयो ।

नेवि संघले विभिन्न माग राखेर बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि नेवि संघका नेता तथा कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । झडपमा परी १० भन्दा बढी नेता तथा कार्यकर्ता घाइतेसमेत भएका छन् ।

यसैबीच नयाँ शक्ति नेपालले समेत विभिन्न माग राखी माइतीघरमा विरोध प्रदर्शन गरेको छ । वैशाख १ बाट आर्थिक वर्षको शुरुआत गरिनुपर्ने, असारे विकास बन्द गरिनुपर्ने, निषेधाज्ञा खारेज गर्नुपर्ने, सम्पदा र संस्कृति जोगाउनुपर्ने, मौलिक अधिकारको सुनिश्चितता गर्नुपर्नेलगायत माग राखेर विरोध प्रदर्शन गरेको हो ।

कार्यक्रममा नयाँ शक्ति नेपालकी नेत्री हिसीला यमीले सरकार महँगी र भ्रष्टाचारमा लागेको आरोप लगाउनुभयो । सरकारले दुईतिहाइको आडमा शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गर्न खोजेको उहाँको भनाइ थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter