१० माघ २०८१

नेपाल–भारत सीमावर्ती अधिकारीको बैठक

३२ असार २०७५, सोमबार २३:४५ मा प्रकाशित

नेपालगन्ज, ३२ असार (रासस) ः भारत नानपारामा आज बसेको नेपाल–भारत सीमावर्ती अधिकारीको संयुक्त बैठकमा परस्पर हितका विषयमा मिलेर जाने सहमति भएको छ ।

बैठकमा दुवै मुलुकको तर्पmबाट साझा सवाल उठान भएको र त्यसका प्रभावकारी पहल गर्ने सहमति भएको बताइएको छ ।

बैठकमा सीमावर्ती क्षेत्रमा हुने लागुऔषधको प्रयोग, मानवबेचबिखन, अवैध हातहतियारको ओसारपसार, अपराधिक गतिविधि नियन्त्रण, सीमा स्तम्भ, मानसरोवर तीर्थ यात्रुलाई सहजता, वन्यजन्तु चोरी शिकारी नियन्त्रणलगायत सुरक्षा चासोका विषयमा छलफल भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताउनुभयो ।

“हामीले विशेषरुपमा बाढीको समयमा लक्ष्मणपुर ब्यारेजको ढोका पर्याप्त मात्रामा खुल्ला गर्न आग्रह गरेको थियो, भारतीय पक्ष पनि त्यसमा सकारात्मक भएको हामीले पायौँ”–प्रजिअ केसीले भन्नुभयो ।

नेपालको तर्पmबाट बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी र भारतको तर्पmबाट देवी पाटन मण्डलका कमिश्नर एस के ओझाले बैठकको नेतृत्व गर्नु भएको थियो ।

बैठकमा नेपालको बाँके, बर्दिया, दाङ तथा भारतको बहराइच र श्रावस्ती जिल्लाका सीमावर्ती अधिकारीहरुको सहभागिता थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter