कपिलवस्तु २८ असार । कपिलवस्तुका नेताहरुले कृष्णनगर नगरपालिका र कपिलवस्तुको विकासको मागगर्दै शहरी मन्त्रीगुहार्न काठमाडौं पुगेका छन । कृष्णनगर नगरपालिकाका इन्डो नेपाल सामाजिकमञ्चकाअध्यक्षएवं. संघीय समाजवादीफोरम नेपालकायुवा नेताअकरम अब्दुल रहेमानखानउर्फ अकरम पठानले शहरी विकासमन्त्रीमोहम्मद ईस्ताक राईलाई भेटी जिल्लाको विकासबारे अवगत गराएका छन । पठानले कपिलवस्तुको विकास कछुवाको चाल जस्तो रहेकाले जिल्लाको विकासकालागि सहयोग गर्न आग्रह गरेका छन । राई यसअघि श्रम मन्त्रीबनेकाथिए । मन्त्री राईले श्रम मन्त्रीहुँदादेशकालागिनिक्कै महत्वपूर्ण काम गरेकाथिए । मन्त्री राईले कपिलवस्तुको विकासकालागि सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको नेता पठानले जानकारी दिए । मन्त्री राईले कपिलवस्तुको विकासलाई पहिलो प्राथमिकतामा राख्ने र मन्त्रिमोहम्मद ईस्ताक राई छिटै कपिलवस्तु आएर बिकासको समस्या समाधानगर्ने समेत प्रतिबद्धता जनाउनु भएको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू