२८ फागुन २०८१

एकाधिकार फर्काउने कुरा अब सम्भव छैन ः गृहमन्त्री थापा

२७ असार २०७५, बुधबार १६:४० मा प्रकाशित

काठमाडौँ, २७ असार (रासस) ः गृहमन्त्री रामबहादुर थापा‘बादल’ले यातायात क्षेत्रमा एकाधिकार फर्काउने कुरा अब सम्भव नरहेको स्पष्ट पार्नुभएको छ ।

आज नयाँ बसपार्क गोंगबुमा युनाइटेड ट्रान्सपोर्ट ‘भलाइ एण्ड इन्भेस्टमेन्ट’ प्रालिले आयोजना गरेको ‘यातायात क्षेत्रको विद्यमान अन्यौलता, चुनौती र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले अझै एकाधिकार फर्काउने प्रयास भइरहेको भन्दै त्यो पूरा नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले पनि केही मुठिभर व्यवसायीको मात्रै एकाधिकार हुने, उनीहरुको समृद्धि हुने र यो क्षेत्रमा आउन खोजेका हजारौँ नयाँ व्यवसायीको बाटो रोक्ने गरी एकाधिकारलाई फर्काउने षड्यन्त्र भइरहेको छ । यसबारे सरकार सचेत छ ।”

उहाँले यातायात क्षेत्र मात्रै नभइ कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा एकाधिकारले जरा गाडेको भन्दै देश विकासका लागि यो बाधक रहेको बताउनुभयो । एकाधिकार रहेसम्म देशको विकास र समृद्धि सम्भव नभएको उहाँको भनाइ थियो । एकाधिकार हटाउने निर्णय यातायात व्यवसायी, मजदुर, यात्रु सबैका हितमा रहेको भन्दै सबैको सहयोगका लागि उहाँले अपिल गर्र्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter