जय बर्मा, कपिलबस्तु । असार २५ ।
कपिलबस्तुको पुर्ववर्ती क्षेत्रमा अवस्थित शुद्धोधन गाउपालिकाको निती, कार्यक्रम तथा बजेट पारित गर्दै तेस्रो गाउसभा सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०७५÷७६ को लागि कुल रु. ४० करोड ३८ लाख ९५ हजार रुपैयाँ बजेट प्रस्ताव सहित गाउसभा सम्पन्न भएको हो । गाउपालिकाका उपाध्यक्ष सुधादेवी पाण्डेले आज आगामि आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तावित बजेट पारित समेत गरिएको छ । गाउपालिकाले आर्थिक बर्ष २०७५÷०७६ का लागि अनुमानित आयतर्फ संघीय र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु. १३ करोड ६१ लाख ७५ हजार, राजश्व बाँडफाँडबाट प्राप्त हुने बजेट रु. ८ करोड ७८ लाख २० हजार, र अन्य शसर्त अनुदानमा रु. १० करोड ४९ लाख , गाउपालिकाको आन्तरिक आम्दानी तर्फ रु. ५० लाख, सामाजिक सुरक्षा कार्यक्तम तर्फ रु ५ करोड ५० लाख समेत गरी ४० करोड ३८ लाख ९५ हजार रुपैयाँको बजेट प्रस्ताव गरिएको शुद्धोधन गाउपालिकाका उपाध्यक्ष सुधादेवी पाण्डेले बताउनुभयो । उक्त रकम मध्ये चालु तथा साधारण खर्चतर्फ रु. ७ करोड ९० लाख, पुंजीगत एवं बिकास बजेट तर्फ १६ करोड ४९ लाख ९५ हजार, सशर्त अनुदान चालुतर्फ १५ करोड ९९ लाख बिनियोजन गरिएको छ । भौतिक पुर्वाधार तर्फ ९ करोड ५८ लाख ५९ हजार, आर्थिक बिकास तर्फ १ करोड ८४ लाख, सामाजिक बिकास तर्फ ३ करोड ३४ लाख १० हजार, बन वातावरण तथा बिपद ब्यबस्थापन तर्फ ६३ लाख र सेवा प्रवाह सुशासन एवं संस्थागत बिकास तर्फ १ करोड १० लाख ५ हजार बिनियोजन भएको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू