काठमाडौँ केयर खबर : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मिति २०७५।३।२१ को पत्रमा (संलग्न) उल्लेख भए अनुसार नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७५।३।२० को निर्णयले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका सिलसिलामा निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता लागू भएको मिति २०७४।५।१४ उपरान्त वर्तमान सरकार गठन हुनुभन्दा अगाडी नेपाल सरकारका विभिन्न मन्त्रालय अन्तर्गतका विभिन्न प्राधिकरण, संस्थान, परिषद्, बोर्ड, कोष, समिति, कम्पनी, बैंक वा अन्य संगठित संस्था आदिजस्ता संस्थामा नेपाल सरकार (मन्त्रिपरिषद्) र मन्त्रीस्तरबाट भएका सवै किसिमका राजनीतिक नियुक्ति तथा मनोनयन खारेज गर्ने र तदनुरुप सम्बन्धित मन्त्रालयले सो अवधिमा नियुक्ति भएका व्यक्तिलाई तत्कालै पदमुक्त गरी सो को जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिद्को कार्यालयलाई समेत दिने भन्ने लेखि आएको हुँदा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले उक्त अवधिमा नियुक्त भएका निम्नानुसारका पदाधिकारीहरुलाई पदमुक्त गर्ने र सो को जानकारी सम्बन्धित पदाधिकारी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई गराउने सम्बन्धमा माननीय मन्त्रीस्तरबाट निर्णय हुन निर्णयार्थ पेश गरेको छु ।
कृषि विकास तफ
सि.नं. नामथर ठेगाना पद नियुक्त भएको निकाय निर्णय मिति निर्णय गर्ने निकायर÷स्तर
१. मनोजमणि आचार्य रोल्पा सदस्य राष्ट्रिय चिया तथा कफी विकास बोर्ड २०७४।११।०२ विभागीय मन्त्रीस्तर
२. भागवतप्रसाद यादव
रायपुर–६, सप्तरी
सदस्य कृषि सामग्री कम्पनी लिमिटेड
२०७४।१०।२८
विभागीय मन्त्रीस्तर
३. सुनिल तिमल्सिना
डुमरिया–२, रौतहट
सदस्य राष्ट्रिय बीउ विजन कम्पनी लिमिटेड
२०७४।१०।२८
विभागीय मन्त्रीस्तर
४. राजनप्रसाद न्यौपाने
ओखरपौवा–९, नुवाकोट
सदस्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति
२०७४।०६।०४
विभागीय मन्त्रीस्तर
५. रामआषिश महतो बटेश्वर–२, धनुषा
सदस्य नेपाल उखु तथा चिनी विकास समिति
२०७४।११।०२ विभागीय मन्त्रीस्तर
पशुपन्छी तर्फ
सि.नं. नामथर ठेगाना पद नियुक्त भएको निकाय निर्णय मिति निर्णय गर्ने निकायर÷स्तर
१. निर्मल ज्ञवाली गोरखा सदस्य राष्ट्रिय दुग्ध विकास बोर्ड २०७४÷६÷३० विभागीय मन्त्रीस्तर
२. राजेन्द्रराज पन्त गोरखा सदस्य राष्ट्रिय दुग्ध विकास बोर्ड २०७४÷६÷३० विभागीय मन्त्रीस्तर
३. रतन गुरुङ पोखरा, कास्की सदस्य राष्ट्रिय दुग्ध विकास बोर्ड २०७४÷६÷३० विभागीय मन्त्रीस्तर
४. शिवकुमार थारु बर्दिया सदस्य राष्ट्रिय दुग्ध विकास बोर्ड २०७४÷६÷३० विभागीय मन्त्रीस्तर
५. रामकुमार खड्का दोलखा सदस्य राष्ट्रिय दुग्ध विकास बोर्ड २०७४÷६÷३० विभागीय मन्त्रीस्तर
दिर्घराज उपाध्यायय
उपसचिव प्रशासन
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू