नेपाल यूथ नेटवर्क ,एमनेस्टी नेपालको
तेस्रो बार्षिक साधारण सभाले कानून अध्ययनरत रहेका बिकास कुमार गुप्तालाई पुनः दोस्रो कार्यकालको लागि सर्वसहमति बाट नियुक्त गरेको छ ।
नेपाल यूथ नेटवर्क एम्नेस्टीका संस्थापक अधिवक्ता अपेक्षा निरौलाको अथित्यतामा सम्पन्न भएको सभाबाट चयन गरिएको नया कार्यसमितिमा
उपाध्यक्षमा मोहम्मद मजीद प्रवेज , सचिवमा रत्न केशरी महर्जन सल्लाहकारमा सुनीता अधिकारी परेका हुन ।
आसाढ २३ गते शनिवारका दिन
काठमांडौको नेपाल ल क्याम्पसमा सम्पन्न भएको उक्त सभामा
“ Legislation about abortion “” भन्ने बिषयमा भएको बादविवाद प्रतियोगिता पनि भएको थियो ।
प्रतियोगितामा सृजला पाण्डे , रोजीना श्रेष्ठ , रोशन नेपाल क्रमशः प्रथम , द्वित्तीय र तृतीय स्थान हासिल गरे।
आगामी दिनमा नेटवर्कले तीन गुणा बढ़ी सदस्य भित्रयाउने लक्ष्य राखेको बताउदै विभिन्न संघ संगठन सँग सहकार्य गरी मानवाधिकार बारे समाजमा चेतना फैलाउन निरन्तर प्रयास गर्ने बताए ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू