१३ माघ २०८१

थाइल्याण्डमा डुङगा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, १८ बेपत्ता

२३ असार २०७५, शनिबार १९:०६ मा प्रकाशित

फुकेट, थाइल्याण्ड : दक्षिणी थाइल्याण्डमा पर्ने सामुद्रिक क्षेत्रमा भएको डुङगा दुर्घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ ।
बिहीबार भएको दुर्घटनाका कारण १८ जना अझै पनि हराइरहेको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।
दुर्घटनामा परेका दुई डुङ्गामा अधिकांश पर्यटकहरू रहेका थिए । दुवै डुङ्गामा गरी कुल १३३ जना यात्रु रहेका बताइएको छ ।
दुर्घटनामा परेर मृत्यु भएका र हराइरहेका मध्ये अधिकांश चिनियाँ पर्यटक रहेको अधिकारीहरूले जनाएका छन् ।

डुङ्गामा धेरैजसो चिनियाँ नागरिक रहेको सोङगखिलका चिनियाँ कन्सुलेट जनरलले पनि पुष्टी गर्नुभएको छ ।
थाइल्याण्डको फुकेट प्रान्तका गभर्नर नोर्राफाट प्लोद्थोङले धेरैलाई उद्धार गरिएको र हराईरहेकाहरुको खोजी भईरहेको जानकारी दिनुभयो ।
हराएकाको खोजीका लागि थाइ प्रहरी, सैनिक, नौसेना, स्थानीय कार्यकर्ता र हेलिकोप्टर परिचालन गरिएको थाइ सरकारी स्रोतले जानकारी दिएको छ ।

RSS

तपाईंको प्रतिकृयाहरू

अन्तराष्ट्रिय समाचार

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter