१३ माघ २०८१

यमनको प्रमुख विद्रोही नेतासँगको वार्ता उपलब्धिमूलक ः राष्ट्रसंघ

२० असार २०७५, बुधबार २३:५५ मा प्रकाशित

साना, २० असार (रासस÷एएफपी) ः यमनको विद्रोही समूहका प्रमुख नेता अब्दुल्ल मालिक अल हुथीसँगको वार्ता उपलब्धिमूलक भएको यमनका लागि राष्ट्रसंघीय प्रतिनिधिले बताएका छन् ।

विद्रोहीहरूको नियन्त्रणमा रहेको ठाउँमा दुई दिनसम्म विद्रोहीका प्रमुख नेतासँग भएको वार्ताका बारेमा यमनका लागि राष्ट्रसंघीय प्रतिनिधि मार्टीन ग्रिफिथले बुधबार जानकारी दिनुभएको हो ।

“म एकदमै उत्साही छु, सकारात्मक र आशावादी पनि भएको छु, अब अवश्य पनि परिस्थितिले नयाँ मोड लिनेछ,” साना विमानस्थलमा पत्रकारहरूसँग उहाँले भन्नुभयो ।

उहाँले थप भन्नुभयो, “म विषेश गरी अब्दुल मालिक अल हुथीप्रति निकै आभारी छु, जसले मलाई भेट्न दिनुभयो र छलफललाई उपलब्धिमूलक बनाउन सहयोग गर्नुभयो ।”

राष्ट्रसंघीय प्रतिनिधि ग्रिफिथले बिहीबार राष्ट्रसंघ सुरक्षा परिषद्लाई आफुले यमनमा गरेको पछिल्लो भेट वार्ताका बारेमा बताउने पनि पत्रकारहरूलाई जानकारी दिनुुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter