०५ माघ २०८१

तेक्वान्दोमा सैनिक महाविद्यालय च्याम्पियन

२० असार २०७५, बुधबार १०:३० मा प्रकाशित

भीदमत्तनगर, २० असार (रासस) ः कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीमा मंगलबार सम्पन्न जिल्लास्तरीय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा तीन स्वर्णसहित सेनाको सैनिक आवासीय महाविद्यालय च्याम्पियन बनेको छ ।

सैनिक महाविद्यालयकै आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कैलालीका २७ वटा विद्यालय सहभागी थिए । मंगलबार सम्पन्न फाइनल प्रतियोगितामा सेनाको महाविद्यालयले तीन स्वर्ण, तीन रजत र १० कास्यसहित उपाधि जितेको हो ।

कूल २७ विद्यालयका आठ तौल समूहका खेलाडी सहभागी रहेको प्रतियोगितामा धनगढीको जेसिज एभरेष्ट स्कुलका भुवन सार्की प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए भने आयोजक महाविद्यालयका विमल रानामगर उदीयमान खेलाडी घोषित बने ।

प्रतियोगितामा बिजेता खेलाडीलाई नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी सरद ढकालले नगद, ट्रफी, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गर्नुभयो ।

खेलकुदको विकाससँगै विस्तारमा टेवा पु¥याउने उद्देश्यले पहिलो पटक दुईदिने तेक्वान्दो प्रतियोगिता आयोजना गरिएको महाविद्यालयले जनाएको छ ।

प्रतियोगिताको समापन समारोहमा सैनिक महाविद्यालयका सम्पर्क अधिकृत सेनानी नरोत्तम पौडेल, महाविद्यालयका प्रिन्सिपल अशोकराज खातीका अतिरिक्त खेल संयोजक, विद्यालयका शिक्षक, तेक्वान्दो संघका पदाधीकारीको सहभागिता रहेको थियो

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter