०९ माघ २०८१

नेपाललाई एक दिवसीय मान्यता लागू

१९ जेष्ठ २०७५, शनिबार १०:३४ मा प्रकाशित

काठमाडौँ, १९ जेठ (रासस) ः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले (आइसिसी) नेपाललाई शुक्रबारदेखि लागू हुने गरी एकदिवसीय वरियतामा समावेश गरेको छ ।

आइसिसीद्वारा जारी प्रेस विज्ञप्तिमा नेपालसँगै स्कटल्याण्ड, संयुक्त अरब इमिरेट्स र नेदरल्याण्ड्सलाई वान डे वरियतामा समावेश गरेको हो । गत मार्चमा जिम्बावेमा भएको एकदिवसीय छनोट खेलमा एशोसिएटतर्फ शीर्ष तीनभित्र परेपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

अब नेपाल र नेदरल्याण्ड्सलाई चार चार खेल खेलेपछि मात्र पूर्ण वरियतामा समावेश गरिने आइसिसीले जनाएको छ । अहिले आइसिसीको वान डे वरियतामा इंगल्याण्ड १२५ अंकका साथ पहिलो स्थानमा छ भने १२२ अंक रहेको भारत दोस्रो स्थानमा छ ।

एशोसिएटतर्फ २८ अंक रहेको स्कटल्याण्ड १३औँ तथा १८ अंकका साथ युएई १४औँ स्थानमा छ । नेदरल्याण्ड्सको १३ अंक छ भने नेपाल अंकविहीन छ । अब नेपाल र नेदरल्याण्ड्सले पूर्ण वरियतामा पर्न एक दिवसीय खेल खेल्नुपर्नेछ । नेपाल र नेदरल्याण्ड्सबीच आगामी अगस्त १ र ३ मा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हुने यसअघि नै तय भइसकेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter