मड्रिड, १८ जेठ (रासस÷सिन्ह्वा÷एएफपी) ः स्पेनका समाजवादी नेता पेड्रो सान्चेज नयाँ प्रधानमन्त्रीका रुपमा शुक्रबार निर्वाचित हुनुभएको छ ।
बहालवाला प्रधानमन्त्री मारियानो राजोएले संसदमा विश्वासको मत गुमाएपछि पेड्रो प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो ।
विश्वासको मत गुमाएर प्रधानमन्त्री पदबाट बाहिरिनेमा राजोए स्पेनी लोकतन्त्रको इतिहासमा पहिलो प्रधानमन्त्री बन्नुभएको छ ।
उहाँको पक्षमा १८० मत र विपक्षमा १६९ मत परेको थियो भने एक जना सांसद अनुपस्थित भएका थिए ।
सोसलिष्ट पार्टी, विपक्षी पार्टी पुडेमोस, स्पेनको क्याटलान र बास्क्युका क्षेत्रीय पार्टीहरुले पनि पेड्रोलाई मतदान गरेका छन् ।
स्थानीय सञ्चार माध्यमहरुका अनुसार सान्चेजले आफ्नो जिम्मेवारीप्रति आफू सतर्क रहेको बताउनु भएको छ ।
स्पेनको जटील राजनीतिक अवस्थालाई व्यवस्थापन गर्नु आफ्नो मुख्य चुनौती रहेको उहाँको भनाई छ ।
उहाँले आफू वार्ता मार्फत् नै समस्याको समाधान निकाल्ने पक्षमा रहेको स्पष्ट पार्ने वार्ताका लागि आफू खुल्ला रहेको पनि बताउनु भएको छ ।
स्पेनको उत्तरपूर्वी क्याटलोनिया क्षेत्रका पृथकतावादीसँग सम्झौता गर्ने पनि नव निर्वाचित प्रधानमन्त्री सान्चेजले जोड दिनुभएको छ ।
सान्चेजको जन्म सन् १९७२ को फेब्रुअरीमा मड्रिडमा भएको हो । सोसलिष्ट वकर्स पार्टीमा उहाँ १९९३ मा आवद्ध हुनुभएको थियो भने १९९८ मा यूरोपेली संसदको संसदीय सहयोगी बन्नुभएको थियो ।
सन् २००९ देखि २०११ सम्म र २०१३ देखि २०१६ सम्म उहाँ मड्रिडमा सोसलिष्ट तर्फको सांसदमा निर्वाचित हुनुभएको थियो । उहाँ सन् २०१४ को जुलाईमा पार्टीको महासचिव बन्नुभएको थियो ।
उहाँले अहिले निवर्तमान प्रधानमन्त्री राजोएविरुद्ध भ्रष्टाचारको आरोप सहित संसदमा अविश्वासको प्रस्ताव राख्नु भएको थियो ।
अविस्वासको प्रस्ताव विरुद्ध राजोएले विश्वासको मत पु¥याउन नसकेपछि सन्चेज प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू