केयरखबर ,बिराटनगर
‛मौलिक अधिकार खोज्दै’ नामक अभियान चलाई रहेको मोरंग मुस्लिम समाजले ईद पर्व लाई पुनः राष्ट्रिय बिदा दिनु पर्ने मांग गरेको छ ।कब्रस्तानलाई कब्रस्तानको नाममा दर्ता, मदरसा शिक्षालाई मूलधारमा ल्याउने , समावेशी समानुपातिक शैक्षिक प्रणाली लाई ब्यवहारिक गर्ने अनुरोध गर्दै प्रधानमंत्री ओली लाई एक नम्बर प्रदेशका मुख्यमंत्री शेरधन राई मॉर्फत आज ज्ञापन पत्र बुझाएको छ ।
मोरंग मुस्लिम समाजले मुख्यमंत्री राई र ओली लाई ज्ञापन पत्र बुझाई आफ्नो पहिलो चरणको आंदोलन सम्पन्न गरेको छ ।भने दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छैन ।
संघीय सरकारले हाम्रो धार्मिक किर्याकलाप बाट विमुख गराई मौलिक हक अधिकारको लागि आंदोलन गर्न बाध्य बनाएको भन्दै घोर भर्त्सना सहित ईद र बकरीद को बिदा लाई पुनः राष्ट्रिय बिदामा समावेश गर्न मांग गरेको छ ।
Photo via Zafar Ahmad Jamali
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू