१४ फागुन २०८१

बेलायती अर्थतन्त्रमा अपेक्षा गरिएभन्दा छिटो वृद्धि

१६ असार २०७५, शनिबार ००:३२ मा प्रकाशित

लण्डन, बेलायत, १५ असार (रासस÷एएफपी) ः बेलायतको अर्थतन्त्रमा सोचेभन्दा छिटो वृद्धि आएको यो वर्षको पहिलो तीन महिनाको तथ्याङ्कले देखाएको छ ।

तर यो सन् २०१७ को अन्त्यमा देखिएको वृद्धिदरमा देखिएको कमी अझै सन्तोषजनक अवस्थामा भने देखिएको छैन ।

कुल ग्राहस्थ उत्पादन, कुनै एक अर्थतन्त्रमा उत्पादन हुने सवै सामान र सेवाहरू सम्मिलित मूल्य, पहिलो तीन महिना अर्थात् मार्च महिनाको अन्त्यसम्ममा ०.२ प्रतिशतले वृद्धि भएको बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

कार्यालयले उक्त अवधिमा पहिले भएको वृद्धिदरभन्दा सामान्य परिवर्तन भई ०.१ प्रतिशत बढ्ने प्रक्षेपण गरिएको थियो । तर आर्थिक विश्लेषकहरूले कुनै सुधार हुने सङ्केत नरहेको बताएका थिए ।

तरपनि गतवर्षको अन्तिम तीनमहिनाको तुलनामा यो वृद्धिदर ०.४ प्रतिशतले कमी भएको अवस्था हो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter