काठमाडौँ, १४ असार (रासस) ः प्रतिनिधि सभाले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
प्रतिनिधि सभाको आजकोे दोस्रो बैठकमा गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानून, न्याय तथा संसदीयमन्त्री शेरबहादुर तामाङले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
यसअअघिको छलफलमा भाग लिँदै सांसद पे्रम सुवालले प्रजातन्त्रमा संसद चलेका बेला निर्वाचनसम्बन्धी विधेयकलाई अध्यादेशका नल्याउन प्रतिबद्धता जनाउनुपर्ने बताउनुभयो ।
उहाँले राष्ट्रिय सभाको निर्वाचन पनि प्रत्यक्ष निर्वाचन प्रणालीका आधारमा हुने प्रावधान राख्नुपर्ने सुझाव दिनुभयो । प्रतिनिधिसभाको अर्काे बैठक भोलि बिहान ११ बजे बस्नेछ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू