इस्तानबुल, ११ असार (रासस÷एएफपी) ः टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगान यहाँको राष्ट्रपति पदमा पुनःनिर्वाचित हुनुभएकोमा विपक्षीहरूले सो परिणामको स्वागत गरेका छन् ।
एर्डाेगान थप पाँच वर्षका लागि टर्कीको सत्तामा आउनुभएको हो । सोमबार टर्कीको निर्वाचन आयोगले यस परिणाम घोषणा गरेको छ ।
उहाँ विजयी भएको नतिजालाई विपक्षीले पनि स्वीकार गरेका बताइएको छ । केही वर्षयतादेखि टर्कीमा उहाँका विरुद्धमा सैनिक कू भएको भन्दै राजनीतिक अस्थिरता बढेको थियो ।
उहाँले देशका हजारौँ व्यक्तिलाई जेल हाल्नुभएको थियो । त्यहाँ पटक पटक विद्रोहको प्रयास पनि भएको थियो ।
हालै सम्पन्न यस निर्वाचनका क्रममा विपक्षीहरू पनि निकै कडा रूपमा प्रस्तुत भएका थिए । पुनः एर्डाेगानको पक्षमा परिणाम आएमा र विपक्षीहरूले स्वीकार नगरेमा यहाँ फेरि पनि राजनीतिक विद्रोह र विवादको आशङ्का रहेको बताइएको थियो ।
प्रतिद्वन्द्वी मुहारेम इन्सले निर्वाचनको नतिजा स्विकारेको बताउदै भन्नुभएको छ । उहाँले एड्रोगानलाई बधाई दिँदै सवैको राष्ट्रपति बन्ने प्रयास गर्न आग्रह पनि गर्नुभएको बताइएको छ ।
रिपब्लिकन पिपुल्स पार्टीका नेता इन्सले आफ्ना सहयोगी र समर्थकलाई पनि धन्यवाद र आभार व्यक्त गर्नुभएको छ ।
यसरी विपक्षीले यहाँको उक्त निर्वाचनको परिणाम स्वीकार गरेपछि भने देशमा सकारात्मक सन्देश प्रवाह भएको छ ।
–––
तपाईंको प्रतिकृयाहरू