०२ माघ २०८१

केराका बिरुवाबाट १० लाख आम्दानी

७ असार २०७५, बिहीबार १२:३० मा प्रकाशित

कञ्चनपुर, ७ असार (रासस) ः बेलौरी नगरपालिका– ८ कलकत्ताका करमसिंह रानाले टिस्युकल्चर गरी नर्सरीमा तयार गरिएका केराका बिरुवा बिक्री गरी मनग्य आम्दानी लिनुभएको छ ।

नर्सरीमा रु तीन लाख लगानी गरेर रानाले बिरुवा बिक्री गरी रु १० लाख आम्दानी गर्नुभएको छ । उहाँले नौ जातका ४० हजार केराका बिरुवा उत्पादन गर्नुभयो । छ वर्षदेखि टिस्युकल्चर गरिएका केराका बिरुवा तयार गरी रानाले किसानलाई बिक्री गर्दै आउनुभएको छ ।

नर्सरीमै आएर किसानले बिरुवा खरिद गर्ने गरेका छन् । नर्सरीबाट प्रति बिरुवा रु ४० का दरले बिक्री हुँदै आएको छ । नगरपालिकाको कृषि शाखाले केराको नर्सरीका लागि टनेल निर्माण गर्न रु ४० हजार अनुदान उपलब्ध गराएको कृषि शाखाका प्राविधिक हरिश सेटीले बताउनुभयो ।

शाखाको रु ४० हजार तथा किसानको रु ४३ हजार लागतमा बिरुवा तयार गर्न टनेल निर्माण गरिएको हो । बिरुवा उत्पादन गर्न कृषि शाखाले रानालाई प्राविधिक सल्लाह दिँदै आएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter