सोल, ४ असार (रासस÷सिन्ह्वा) ः दक्षिण कोरिया र उत्तर कोरियाले आउदो एसियन खेलकुद प्रतियोगिताका लागि खेलाडीहरुको संयुक्त टोली बनाउने भएका छन् ।
आउँदो अगष्टमा इन्डोनेसियामा हुने प्रतियोगिताका विविध खेलहरु मध्ये केही खेलहरुमा उनीहरुले संयुक्त टोली बनाउने सहमति सोमबार गरेका हुन् ।
दुई देशका खेलकुद सम्बन्धी निकायका उच्च अधिकारीहरुको संयुक्त बैठकले खेलाडीहरुको संयुक्त टोली बनाउने निर्णय गरेको हो ।
सो प्रतियोगिताको उद्घाटन र समापन समारोहमा पनि दुई देशले संयुक्त प्रदर्शन गर्ने तय भएको अधिकारीहरुले बताएका छन् ।
दक्षिण कोरियाको संस्कृति, खेल र पर्यटन मन्त्रालयले गत अप्रिल २७ तारिखका दिन भएको दुई कोरियाको पहिलो शिखर वार्तामा नै एसियन खेलकुदमा संयुक्त सहभागिताबारे सम्झौता भएको जनाएको छ ।
यसअघि गत फेब्रुअरीमा भएको शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा पनि दुई देशले संयुक्त रुपमा प्रदर्शन गरेका थिए ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू