१३ फागुन २०८१

अमेरिकाको विश्वप्रख्यात गुप्तचर संस्था CIA द्वारा भारतका BJP समर्थक विश्व हिन्दु परिषद तथा बजरंग दल लाई आफ्नो World Fact Book मा धार्मिक आतंककारी संगठनको संज्ञा ।

४ असार २०७५, सोमबार १७:३७ मा प्रकाशित

CIA ले आफ्नो World Fact Book को हालैको संस्करणमा भारतको विश्व हिन्दु परिषद र बजरंग दल लाइ “राजनैतिक दबाब समूह” अन्तर्गत वर्गीकृत गरेको छ, जसका नेताहरु राजनीतिमा संलग्न छन् वा राजनीतिक दबाब दिन्छन्, तर चुनावको लागि खडा हुदैनन् । सीआईएले वार्षिक रूपमा विश्व तथ्याङ्क पुस्तिका प्रकाशित गर्दछ जसले विश्वका अन्य देशहरुको बारेमा खुफिया तथा तथ्यांक सन्दर्भ सामग्री अमेरिकी सरकार लाइ पेश गर्दछ । CIA ले World Fact Book को आफ्नो हालैको संस्करणमा विश्व हिन्दु परिषद र बजरंग दललाइ “धार्मिक आतंकवादी संगठन” को नाम दिएको छ । CIA जो अमेरिकी सरकारको खुफिया एजेन्सी हो, ले तिनीहरुलाई “राजनैतिक दबाब समूह” अन्तर्गत वर्गीकृत गरेको छ, जुन राजनीतिमा संलग्न संगठनहरु हुन् वा राजनीतिक दबाव सिर्जना गर्छन, तर ति संगठनहरुले आफ्ना नेताहरुलाई विधायिकाको को चुनावमा खडा गर्दैनन् । सीआईएले आरएसएस, हुर्रियत कन्फरेन्स र जमियत उलेमा ए हिन्द लाइ पनि भारतको राजनीतिक दबाब समूहमा सूचीबद्ध गरेकोछ । आरएसएस लाइ एउटा “राष्ट्रवादी संगठन” को रूप मा, जमीत उलेमा ए हिन्द लाइ “धार्मिक संगठन” को रूपमा र हुर्रियत कन्फरेन्स लाइ “अलगाववादी समूह” को रुपमा परिभाषित गरेको छ । सीआईएले वार्षिक रूपमा World Fact Book प्रकाशित गर्दछ, जसले विश्वका विभिन्न देशहरुका खुफिया तथा तथ्यांक सन्दर्भ सामग्री अमेरिकी सरकारलाई पेश गर्दछ । यसमा इतिहास, जनमानस, सरकार, अर्थव्यवस्था, ऊर्जा, भूगोल, संचार, यातायात, सेना, र अन्तर्राष्ट्रिय मामिलाहरू मा जानकारी समावेश गर्दछ। यो तथ्यांक 267 वटा देशहरूको लागि उपलब्ध छ। CIA ले यस सामग्रीलाई 1962 देखि प्रकाशन गर्दै आएको छ, तर यसलाई मात्र 1975 मा सार्वजनिक बनाइएको हो। World Fact Book संयुक्त राज्य अमेरिकाका नीति निर्माता हरुका लागि उत्पादन गरिएको हुन्छ र यसको आधारमा अमेरिकाका खुफिया संयन्त्रहरु एक आपसमा समन्वय गर्ने गर्दछन ।

साभार : द इन्डियन एक्सप्रेस १५ जून २०१८

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter