गोरखाली मुस्लिम समुदायद्वारा सामुहिकरुपमा ईद मनाएका छन्।
गोरखा जिल्ला सिरान्चोक गाउँपालिकास्थित मकुनडाँडाका मुस्लिम बासिन्दाले यस बर्षको ईद सामुहिक कार्यक्रम गरेर मनाएका हुन्।
ईस्लाम धर्मावलम्बीहरुको एक महिनाको व्रत (रोजा) सकिए पछि सुर्योदयसँगै शुरु हुने यो इदुल फित्र(ईद) पर्व मुस्लिम समुदायले सबैभन्दा ठुलो पर्वको रुपमा मान्ने गर्दछन्। यो पर्व स्थानीय नियम अनुसार समय निर्धारण गरि बिहान सामुहिक नमाज(प्रार्थना) बाट शुरु हुन्छ। प्रचलन अनुसार पहिलो दिन महत्वपूर्ण भएपनि तीन दिनसम्म मुस्लिम समुदायले यस पर्वलाई हर्षोल्लासका साथ मनाउने गर्दछन्।
गाउँका युवाहरुको सकृयतामा सप्पन्न ईद मिलन कार्यक्रम इदको नमाज (प्राथना) लगत्तै गाउँ मै आयोजना गरिएको थियो ।
कार्यक्रममा सम्पुर्ण मान्यजन लगायत गाउँलेबासीहरुले एकापसमा शुभकामना आदान प्रदान गर्नुका साथै सामुहिक भोज कार्यक्रम गरि समापन गरिएको थियो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू