१५ फागुन २०८१

कालिमाटी फलफुल तथा तरकारी बजारमा कार्यविधि उलंघन गर्ने व्यापारीलाई लिखित स्पष्टिकरणको एक हप्ताको म्याद आज सकिए

४ असार २०७५, सोमबार १०:४७ मा प्रकाशित

३ असार, काठमाडौं ।
कालिमाटी फलफुल तथा तरकारी बजारमा कार्यविधि उलंघन गरेर व्यवशाय गर्ने व्यापारीलाई लिखित स्पष्टिकरण पेश गर्न दिएको एक हप्ताको म्याद आज आइतबार सकिएको छ । अघिल्लो आइतबारदेखि व्यपारीहरुलाई पत्र बुझाउन शुरु गरिएको थियो । तर समयमै पत्र बुझ्न नआएकाले उनीहरु माथिको कार्वाही प्रकृया लम्बिएको छ ।
पत्रबुझेर कार्वाही अघि बढाउनु पर्नेमा आज मात्र सबै व्यापारीलाई पत्र बुझाइसकेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । पत्र बुझ्न नआउने दुई जना व्यवशायीको पसलमा आज पत्र टाँस गरिएको छ । पत्र बुझेको एक हप्ता भित्रमा लिखित स्पष्टिकरण बुझाउनु पर्ने प्राब्धानका कारण आगामी ९ गतेदेखि मात्र कार्वाही प्रक्रिया अघि बढ्ने भएको हो ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चत्रपाणी खनाल बलदेव नेतृत्वको टोलीले कालिमाटी फलफूल तथा तरकारी बजारमा छापा मारेपछि जेठ २५ गते बसेको बोर्ड बैठकले व्यवशायीहरुलाई चार भागमा वर्गिकरण गरेको थियो । जसअनुसार कार्यविधि पूर्णरुपमा उलंघन गर्ने ९९ जनालाई रातो, अलि कम उलंघन गर्ने १३१ जनालाई निलो, फाट्ट फुट्ट नियम उलंघन गर्ने २०९ जनालाई पहेलोमा वर्गिाकरण गरेको थियो । पूर्ण रुपमा नियम पालना गर्ने व्यापारी १५९ जना कायम भएका छन् ।
आइतबारसम्म रातो समूहमा पर्ने ९० जनाले स्पष्टिकरण पेश गरेका छन् । बाकीभने अनुपस्थित रहे । अव उनीहरुमाथि असार ९ गतेपछि बोर्ड बैठक बसेर कार्वाही प्रकृया थालिने कालिमाटी फलफूल तथा बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पोख्रेलले जानकारी दिए । कसैले विरामी परेको, आफू विदेशमा भएकाले आफन्तले व्यवशाय सञ्चालन गरेको जस्ता कारणसहितका स्पष्टिकरण आएको भन्दै पोख्रेलले ९९ जनामध्ये एकदुई जनाबाहेक सबैको इजाजत पत्र खारेज गरी सम्झौता रद्ध गरिने जानकारी दिए ।
बोर्ड कालिमाटि फलफूल तथा तरकारी बजार विकास समिति, किसानका प्रतिनिधि र व्यवशायी गरी ११ सदस्यीय छ ।
निलो समूहमा परेका १३१ जनामध्येबाट झण्डै २०÷२५ जना रातो समूहमा पर्ने देखिएको छ । रातो समूहमा पर्नेले पनि बोर्ड बैठक बसेर निर्णय गर्नु अघिसम्म व्यवशाय सञ्चालन गर्न पाउने भएका छन् । समितिलाई बोर्ड बैठकले निर्णय नगरी कार्वाही गर्ने अधिकार नभएकाले प्रक्रिया लम्बिएको पोख्रेलको भनाई छ । समितिले आफूहरुलाई कार्वाही नगर्न भन्दै केही व्यवशायीबाट व्यवक्तिगत दवावको पनि सामना गरिरहेको बताएको छ ।

तपाईंको प्रतिकृयाहरू

राष्ट्रिय

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter