१३ फागुन २०८१

ट्रम्प र पुटिनबीच जुलाईमा भेटवार्ता हुनसक्ने

४ असार २०७५, सोमबार ००:३७ मा प्रकाशित

वासिङटन, संयुक्त राज्य अमेरिका, ३ असार (रासस÷एएनआई) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच आगामी जुलाईमा यूरोपमा भेटवार्ता हुनसक्ने बताइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) को आगामी जुलाई ११ र १२ गते हुने भनिएको सम्मेलनमा सहभागी हुन यूरोप आएका समय रूसी समकक्षीसँगसमेत भेट्ने बताइएको छ ।

वार्ताको तयारीका लागि रूसका लागि अमेरिकी राजदूत जोन हन्टम्यानले मस्को भ्रमणमा जाने रिपब्लिकन पार्टीका सांसदहरूको प्रतिनिधिमण्डलको चयन गरिरहेको रूसी समाचार संस्था तासले जनाएको छ ।

गत हप्ता रूसी राष्ट्रपति पुटिनले आफू रचनात्मक वार्ताका लागि ट्रम्पसँग भेटवार्ता गर्न चाहेको बताउनुभएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले रूसी नेता पुटिनलाई भेटका लागि गत अप्रिलमा निमन्त्रणा दिनुभएको थियो ।

रूसी उप विदेशमनत्री सेर्गेइ ¥याकोवले केही समय पहिले भेटवार्ताबारे सङ्केत गर्दै यस किसिमका सम्बन्धले मस्को र वासिङ्टनको सम्बन्ध सुधार हुनेमा विश्वास व्यक्त गर्नुभएको थियो ।

यदि आगामी महिना दुईनेताबीच भेट भएमा उहाँहरूबीच हुने यो तेस्रो प्रत्यक्ष भेट हुनेछ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter