नोम्पेन्ह, ३ असार (रासस÷सिन्ह्वा) ः कम्बोडियाली राजकुमार नोरोडन रानारिध र उहाँकी श्रीमती आइतबार बिहान सडक दुर्घटनामा परी घाइते हुनुभएको समाचार छ ।
उहाँहरुलाई विपरीत दिशाबाट आएको ट्याक्सीले धक्का दिएको बताइएको छ । उहाँहरुको अवस्था गम्भीर नरहेको र उपचाररत रहनुभएको स्वास्थ्य अधिकारीले जनाएका छन् ।
उहाँहरु कम्बोडियाको दक्षिणपश्चिमी पेराह सिंहानुक प्रान्तको एक सडकमा सवारीमा हुनुहुन्थ्यो । आइतबार बिहान स्थानीय समयअनुसार ९ बजे उहाँहरुको सवारीलाई धक्का दिएको थियो ।
राजकुमारको देब्रे हातमा चोट लागेको छ । उहाँहरु दुवै जना खतरामुक्त हुनुहुन्छ– उक्त प्रान्तका प्रहरी प्रमुख र उहाँको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
सुरक्षा अधिकारीहरुले उहाँको सवारीसाधनलाई ठक्कर दिने ट्याक्सीलाई नियन्त्रणमा लिएर कारबाही थालिएको पनि प्रहरी अधिकारीले जनाएका छन् ।
तपाईंको प्रतिकृयाहरू