१३ फागुन २०८१

तालिवान समूहको आक्रमणबाट २० अफगानी सर्वसाधारणको मृत्यु

३ असार २०७५, आईतवार ००:०६ मा प्रकाशित

जलालावाद, अफगानिस्तान, २ असार (रासस÷एएफपी) ः अफगानिस्तानमा तालीवान समूह, सुरक्षा बल र नागरिकहरूले अभूतपूर्व युद्धविरामको अनुभव गरिरहेका समय एक जना आत्मघाति आक्रमणकारीले वम विष्फोट गराउँदा शनिबार २० जनाको मृत्यु भएको अफगानी अधिकारीले जनाएका छन् ।

घटनामा कम्तीमा १६ जना घाइते भएका छन् । पूर्वी नानगाहर प्रान्तको रोदात जिल्लामा भएको घटनामा घाइते भएका सबैजनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

प्रान्तीय गभर्नरका प्रवक्ता अतुल्लाह खोग्यानीले घटनाको पुष्टि गर्दै भन्नुभयो, “युद्धविरामका समय गराइएको आत्मघाती विस्फोटका कारण २० जनाको मृत्यु भएको छ भने १६ जनाभन्दा बढी घाइते भएका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter