१८ माघ २०८१

सरकारको बिरोध सहित ईद मनाउदै

२ असार २०७५, शनिबार ११:५६ मा प्रकाशित

करीम बख्श मियां

असाढ़ २गते इस्लाम धर्मावलम्बी हरुले मुलुकभरी ईद मनाउदै छन ।
काठमांडोको खुल्ला मंचमा केयर फाउंडेशनको आयोजनामा ईदको नमाज पढ़ने कार्यक्रममा लगभग एक हजार पुरुष महिलाको उपस्थितिमा ईद को नमाज पढ्दै सरकारले मुस्लिम समुदायको ठुलो महान पर्व ईद पर्वलाई सार्वजनिक राष्ट्रीय बिदा दिन ओली सरकार सँग अनुरोध गरेक उपाअध्यक्ष रमजान मियाले गरेको हुन ।

शान्तिपुर्ण विरोध गर्न पाउने जनताको अधिकारमाथि प्रशासनिक हस्तक्षेप गर्न सरकारका मन्त्री इश्तेयाक राईले बाँके जिल्ला प्रशासनलाई आदेश दिएको खुल्न आएको छ।
नेपाल सरकारले मुस्लिम समुदायको पर्व(ईद, बक्रईद र रब्बिउल औवल)को विदा कटौती गरेको विरोधमा इदगाहमा सरकारको निर्णयको विरोध जनाउँदै व्यानर राखेका थिए।

शान्तिपुर्वक विरोध जनाउँदै त्यहाँका मुस्लिम समुदाय ईदको नमाज कायम गर्ने तरखर गर्दैगर्दा प्रशासनले हस्तक्षेप गरेको थियो भने मुस्लिम अगुवा अब्दुल हमीद र मेराज अहमदलाई पक्राऊ प्रयास समेत गरेको थियो।

विरोध स्वरुप राखिएको व्यानर प्रहरीले हटाउने प्रयास गर्दा झडपको अवस्था समेत सिर्जना भएको मुस्लिम अगुवा मेराज अहमदले जानकारी दिए। उनले भने ‘मुस्लिम युवाहरु आक्रोसित भए लगत्तै प्रहरी पछी हट्न बाध्य भयो’।

कपिलबस्तुमा प्रहरीले समुदायमाथी कडा निगरानी राखेको र नियमित रुटिन चेकिंगको नाममा मुस्लिमहरुलाई खानतलासी गरेको मुस्लिम अगुवा हजरत अली खानले जानकारी दिएका छन्।
त्यसैगरी सरकारको विदा कटौतीको विरोधमा स्याङ्जामा ईदको नमाज लगत्तै त्यहाँका मुस्लिम समुदायले विरोध र्याली निकाल्नुको साथै कोणसभा गरेर आफ्नो विरोध जनाएका छन् ।

कपिलवस्तुको मुजहनी ईदगाह बाट समेत कम्युनिस्ट सरकारलाई मुस्लिम विरोधी भएको ठहर गरेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter