रौतहट, १ असार (रासस) ः पूुर्व प्रधानमन्त्री तथा नेपाल कम्युुनिष्ट पार्टीका नेता माधवकुमार नेपालले दुुई तिहाईको वर्तमान सरकारसँग कांग्रेसलाई नझस्किन सुुझाव दिनुुभएको छ ।
गृह जिल्ला रौतहटको गुजरा नगरपालिका–९ मैढाटोलमा आज आयोजित एक कार्यक्रममा उहाँले सरकार सुुखी नेपाली र समृद्ध नेपाल बनाउन लागिरहेका बेला प्रतिपक्षको भूमिकामा रहेका कांग्रेसलाई सरकारसँग न आत्तिन सुुझाव दिनुुभएको हो ।
देश विकासका निमित्त जनताले दिएको बहुमतको कदर गर्न तथा दुुईतिहाईको शक्ति नदेखाउन समेत उहाँले सरकारलाई सुुझाव दिनुुुभयो ।
वर्तमान सरकार कसैको विरोधमा नरहेको बताउँदै नेता नेपालले देशको विकासमा हातेमालो गर्न कांग्रेसका नेताहरुलाई आग्रह गर्नुुभयो ।
ओली सरकार नयाँ नयाँ योजना ल्याएर किसान तथा गाँउको विकास गर्न तल्लिन रहेको बताउँदै उहाँले प्रदेश नं. २ को विकासको जिम्मेवारी पनि ओली सरकारकै काँधमा रहेको जिकिर गर्नुुभयो ।
गाँउ गाँउमा महिला जनप्रतिनिधि निर्वाचित हुुँदा महिलाको सम्मान बढेको बताउँदै नेता नेपालले महिलाले अवसर पाए पुुरुषको भन्दा राम्रो गरेर देखाइसकेको विचार व्यक्त गर्नुभयो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू