यमन, १ असार (रासस÷एएफपी) ः यमनका विद्रोहीहरूको आक्रमणमा परी शुक्रबार कम्तीमा १२ जना सुरक्षाकर्मी मारिएका छन् ।
यमनको होडैडा अन्तर्गत पर्ने रक्त सागरको बन्दर्गाह सहरमा भएको आक्रमणमा उनीहरु मारिएको सैन्य र स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
विद्रोहीले सामुिद्रक मार्ग मार्फत त्यस क्षेत्रमा आक्रमण गरेका थिए । खोखा र मोखा बन्दर्गाहबाट आक्रमण भएको हो ।
साउदी अरबको सहयोग रहेको सैन्य समूहले यसै हप्ताको सुरुमा होडैडामा पनि आक्रमण गरेको थियो ।
दक्षिणी होडैडाको ८० किलोमिटर क्षेत्रमा यसको प्रभाव रहेको छ । बुधबारदेखि सुरु भएको आक्रमणका कारण अहिलेसम्म दर्जनौ लडाकूहरु मारिएका छन् ।
होडैडा क्षेत्र सन् २०१४ देखि विद्रोहीको नियन्त्रणमा रहेको छ । राजधानी साना र देशका अधिकांश ठाँउहरू उनीहरूको नियन्त्रणमा रहेको छ । उनीहरूले राष्ट्रपति अबेद्राव्बो मन्सुर हाडीलाई देश निकाला पनि गरेका थिए ।
यमनमा हुथी विद्रोही विरुद्धको लडाइँमा साउदी अरबको नेतृत्वमा संयुक्त अरब इमरेट् (युएइ) र अन्य देशहरुले सघाइरहेका छन् ।
–––
तपाईंको प्रतिकृयाहरू