०३ माघ २०८१

बाँसको झ्याङ खस्दा महिलाको मृत्यु

३० जेष्ठ २०७५, बुधबार १०:३५ मा प्रकाशित

नवलपरासी, ३० जेठ (रासस) ः पश्चिम नवलपरासीमा मंगलबार साँझ आएको हावाहुरीमा परी एक महिलाको ज्यान गएको छ ।

पानीसहित आएको हावाहुरीले बाँसको झ्याङ खस्दा ५० वर्षीया महिलाको घटनास्थलमै ज्यान गएको हो । भारतको महाराजगञ्ज निचरौल घर भई हाल पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५ को घरमौरीमा रहेको स्थानीय बेइलादेवी शर्माको उखुबारीमा काम गर्ने ५० वर्षीया बिन्दादेवी राजभरको ज्यान गएको हो ।

हावाहुरीसहित आएको पानीमा ओत लाग्न बाँसको झ्याङमा पुगेकी उहाँलाई बाँसको झ्याङ नै खसेर किच्दा घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय बेलाटारीले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter