१३ माघ २०८१

राससकर्मी दर्नालसहित आठ पत्रकारलाई ‘बालसंवेदनशील पत्रकारिता पुरस्कार’

२८ जेष्ठ २०७५, सोमबार १८:२९ मा प्रकाशित

काठमाडौँ, २८ जेठ (रासस) ः राष्ट्रिय समाचार समितिका पत्रकार सुशील दर्नालसहित आठ पत्रकार पुरस्कृत हुने भएका छन् ।

नेपाल पत्रकार महासंघले केन्द्रीय बालकल्याण समितिको सहकार्यमा प्रदान गर्दै आएको ‘बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट छापामाध्यमका तर्फबाट राससकर्मी दर्नाल पुरस्कृत हुनुभएको हो ।

आज बसेको पुरस्कार छनोट समितिको बैठकले सो निर्णय गरिएको महासंघका महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।

महासंघका अनुसार रेडियोतर्फ रमेश दुलाल (रेडियो कान्तिपुर–उपत्यका) र मनकुमारी पुलामी (रेडियो सिद्धबाबा सिन्धुली), छापा माध्यमतर्फ सुशील दर्नाल (रासस) र निमेन्द्र शाही (राजधानी दैनिक) पुरस्कृत गरिने भएको छ ।

त्यस्तै टेलिभिजनतर्फ रेणुका आचार्य (नेपाल वातावरण पत्रकार समूह) र अमृता अनमोल (कान्तिपुर) र कार्यक्रम प्रस्तोतातर्फ दुर्गा कार्की (नेपाल वातावरण पत्रकार समूह) र गीता चिमोरिया (सिआइएन) लाई प्रदान गरिनेछ ।

पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ । पुरस्कृत व्यक्तित्वलाई यही जेठ ३१ गते पुरस्कार प्रदान गरिने महासंघले जनाएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter