काठमाडौँ, २७ जेठ (रासस) ः राष्ट्रियसभाको आजको बैठकले राष्ट्रियसभा नियमावली २०७५ मा चार समितिसहित सदस्यको पदावधि निर्णय गर्ने तरिकाको व्यवस्था गरेको छ ।
सात अनुसूची र २८ परिच्छेदको नियमावलीमा राष्ट्रियसभाको अधिवेशन तथा बैठक सञ्चालन, अध्यक्ष तथा उपाध्यक्षको निर्वाचन एवं बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन र बैठकको कार्यविधि उल्लेख गरिएको छ । त्यसैगरी राष्ट्रियसभाले निर्णय गर्ने तरिका, बैठकको व्यवस्थापन, राष्ट्रपतिबाट सम्बोधन, नीति तथा कार्यक्रम, प्रस्तावसम्बन्धी कार्यविधि, व्यवस्थापन कार्याविधिलगायत विषय उल्लेख गरिएको छ ।
नियमावलीअनुसार राष्ट्रियसभाअन्तर्गत चार समिति रहनेछ । दिगो विकास तथा सुशासन, विधान व्यवस्थापन, प्रत्योयोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहनेछन् । त्यसैगरी संकटकालीन अवस्थाको घोषणा वा आदेश अनुमोदनसम्बन्धी तथा गोलाप्रथाद्वारा सदस्यको पदावधि कायम गर्नेसम्बन्धी व्यवस्था गरिएको छ । नेपालको संविधानको धारा १०४(१) अनुसार नियमावली पारित गरिएको हो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू