मस्को, २७ जेठ (रासस÷एएफपी) ः विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकप फुटबल प्रतियोगिताका लागि रुस आइपुगेका छन् ।
पोर्चुगलका खेलाडी रोनाल्डो विश्वकप प्रतियोगितामा सहभागी हुन शनिबार रुस आइपुगेको समाचारमा जनाइएको छ ।
युरोपियन च्याम्पीयन बनेको उनको टोलीले विश्वकपको सुरुमा स्पेन विरुद्ध यही जुन १५ मा खेल्ने कार्यक्रम रहेको छ ।
रोनाल्डो र उनको टोलीलाई रुसमा परम्परागतरुपमा भव्य स्वागत गरिएको छ । उनीहरुलाई क्राटोभोमा बस्ने व्यवस्था गरिएको छ । क्राटोभो मस्कोदेखि ४० किलोमिटर टाढा पर्दछ ।
रियल म्याड्रिडका खेलाडीलाई प्रहरीले विमानस्थलमा अवतरण गरेदेखि नै कडा सुरक्षाको व्यवस्था गरेको छ । फिफाको बरियता क्रमअनुसार पोर्चुगल चौथो नम्बरमा पर्दछ ।
स्पेन, पानामालगायतका देशका खेलाडी भने यसअघि नै रुस आइपुगेका छन् । अन्य कतिपय देशका खेलाडी आउने क्रम जारी छ । अहिले विश्वको ध्यान विश्वकम आयोजक राष्ट्र रुसतर्फ खिचिएको छ ।
फुटबलको महासंग्राम मानिने विश्वकप प्रतियोगिता रुसले पहिलो पटक आयोजना गरेको हो । २१औँ संस्करणको विश्वकप यही जुन १४ देखि जुलाई १५ सम्म हुन लागेको हो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू