११ माघ २०८१

जापानी युवराज दम्पत्तिले वैवाहिक रजत वर्ष मनाउँदै

२६ जेष्ठ २०७५, शनिबार १५:५२ मा प्रकाशित

टोकियो, २६ जेठ (रासस÷एएफपी) ः जापानका युवराजको वैवाहिक जिवनको रजत महोत्सव शनिबार देशभर भव्यताका साथ मनाइएको समाचार छ ।

जापानी राजकीय संस्कारअनुसार जापानी राजा अकिहितोले अर्को वर्ष आफ्ना पिताबाट राजाको रुपमा उत्तराधिकारी प्राप्त गर्दै हुनुहुन्छ ।

युवराज नारुहितोलाई आउदो मे महिनामा राजाले राजगद्दी हस्तान्तरण गर्ने तय भएको समाचारमा जनाइएको छ । युवराज नारुहितो हाल ५८ वर्षको हुनुहुन्छ ।

राज्याधिकार हस्तान्तरणसँगै जापानी राजाले तीन दशक लामो जिम्मेबारीबाट विश्राम लिनुहुने छ । जापानमा अहिले रहेको राज परिवार विश्वकै पुरानो राजपरिवार मानिन्छ ।

युवराज नारुहितोले सन् १९९३ मा कुटनीतिक सेवामा समर्पित एक सम्भ्रान्त परिवारकी छोरी मासाको ओवादासँग विवाह गर्नु भएको थियो । उहाँहरुबाट सन् २००१ मा एक सन्तान छोरीको जन्म भएको थियो ।

युवराज्ञी मासाको अहिले ५४ वर्षकी हुनुहुन्छ । उहाँले आफ्नो वैवाहिक रजत महोत्सवका अवसरमा जनताको खुसीका लागि प्रार्थना गरिरहेको बताउनु भएको छ ।

यदि उहाँले राजगद्दी त्याग्नुभयो भने जापानको करिब दुई शताब्दी लामो राजसंस्थाको इतिहासमा गद्दिनशिन राजाले राजगद्दी छोडेर युवराजलाई सुम्पेको यो पहिलो पटक हुने छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter