०९ माघ २०८१

पहिरोका कारण आवागमन ठप्प

२५ जेष्ठ २०७५, शुक्रबार १४:२४ मा प्रकाशित

दुनै, २५ जेठ (रासस) ः डोल्पा सदरमुकाम दुनै जुफाल त्रिपुराकोट जाने सडकखण्डको बीचमा पहिरो जाँदा आवागमन ठप्प भएको छ ।
लगातारको वर्षातपछि ठूलीभेरी नगरपालिकामा पर्ने धुपीचौरमा पहिरो जाँदा आवागमन ठप्प भएको हो । सदरमुकाम दुनै पुग्ने मूलबाटो पहिरोले पुरिँदा मुस्किलले मात्रै सदरमुकाम दुनै आउनेजाने स्थिति रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सेना र प्रहरी मिलेर पनि पहिरो पन्छाउन सक्ने स्थिति नरहेकाले डोजर प्रयोग गरी पहिरो हटाउन जनप्रतिनिधिसंग आग्रह गरिएको बताइएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter