०३ माघ २०८१

पर्यटकीय विकासमा सघाउन तालीम

२५ जेष्ठ २०७५, शुक्रबार ११:११ मा प्रकाशित

पोखरा, २५ जेठ (रासस) ः पर्यटन क्षेत्रको विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ पोखरामा बिहीबारदेखि दक्षता अभिवृद्धि विषयक तीन दिवसीय तालीम शुरु भएको छ ।

‘पर्यटन प्रवद्र्धन सँगसँगै’ भन्ने मूलनाराका साथ पोखरा सिटी रेवान, नेपाल पर्यटन बोर्ड र सिटिइभिटीको प्राविधिक सहयोगमा स्वस्थ खानाका परिकार तयार गर्नुका साथै भान्छा व्यवस्थापन विषयक तालीम प्रदान गरिने छ ।

तालीमको उद्घाटन गर्र्दै प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले तालीममा प्राप्त सिपलाई स्वदेशमै उपयोग गरी उद्यमी बन्न आग्रह गर्नुभयो ।

उहाँले मुलुकको युवा शक्तिलाई व्यावसायिक सिप प्रदान गरी उनीहरूमा उद्यमशीलता अभिवृद्धि गर्न प्रदेश सरकारले भरमग्दूर प्रयास गर्ने बताउनुभयो ।

फेवाताल वरिपरि मात्र केन्द्रित पर्यटकलाई ग्रामीण भेगमा विस्तार गर्न प्रदेश सरकारले गाउँ बस्तीमा घरबास, पदमार्गको विकासलगायतको पूर्वाधार तयारीमा जुटेको उहाँले उल्लेख गर्नुभयो ।

व्यावसायिक रुपमा रोजगारी सिर्जना गर्नुका साथै जीविकोपार्जनमा सर्वसाधारणलाई सहयोग पुग्ने गरी तालीम आयोजना गरिएको संस्थाका महासचिव जीवन दहालले बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter