आलोटेनाङ्गो, ग्वाटेमाला, २३ जेठ (रासस÷एएफपी) ः ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या बुधबार बिहानसम्म ७५ पुगेको समाचार छ ।
यस प्रकोपको कारण अझै पनि करिब २०० व्यक्ति वेपत्ता रहेका उद्धारमा खटिरहेका अधिकारीले जानकारी दिएका छन् ।
राजधानी शहरनजिकैको एक स्थानमा भएको यो ज्वालामूखी विस्फोट एक शताब्दियता कै शक्तिशाली भएको पुष्टि गरिएको छ । उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीले जनाएका छन् ।
मङ्गलबार र बुधबार बिहान केही थप शव फेला परेपछि सो सङ्ख्या ७५ पुगेको र अझै ठूलो सङ्ख्याका नागरिक हराइरहेका मध्यअमेरिकी देश ग्वाटेमालाको विपद्सम्बन्धी निकायले जानकारी दिएको छ ।
ग्वाटेमाला सिटीभन्दा ३५ किलोमिटर पर रहेको उक्त क्षेत्रमा तीव्र वेगमा तातो खरानी र लाभाबाट जोगाउन हजारौको सङ्ख्याका व्यक्तिलाई उद्धार गरिएको जनाइएको छ ।
उद्धार गरी सुरक्षित स्थानमा पु¥याइएका कैयौँ व्यक्तिले आफ्ना आफन्त हराइरहेको गुनासो गरेका छन् । विस्फोटमा करिब १०० भन्दाबढी घाइते भएका र उनीहरुको उपचार जारी रहेको छ ।
आइतबार राति भएको यस प्रकोपमा परी कम्तीमा पनि १७ लाख व्यक्ति प्रभावित भएका बताइएको छ । तीमध्ये करिब चार हजारलाई शरणार्थी शिविरमा सारिएको बताइएको छ ।
सेना र प्रहरीले उद्धारको काम जारी रहेको छ, उनीहरुको सहयोगमा ठूलो सङ्ख्याका स्थानीयलाई पनि अन्यत्रै सारिएको जनाइएको छ ।
ज्वालामुखीबाट ठूलो परिमाणमा भग्नावशेष र चट्टानसहितको लेदो बग्ने क्रम बुधबारसम्म पनि रोकिएको छैन । यस्तो भेल मानवस्वास्थ्यका लागि घातक हुनसक्ने जानकारी स्थानीय रेडियोहरुले दिइरहेका छन् ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू