हङकङ, २१ जेठ (रासस÷सिन्ह्वा) ः चीनको विषेश प्रशासनिक क्षेत्र हङकङका दुई पूर्व सांसदलाई सोमबार जेल सजायको फैसला भएको छ ।
चारहप्ते जेल सजाय पाउने पूर्व सांसदहरुमा लेउङ चुङ हाङ र यौ वाइ चिङ रहेका छन् । उनीहरुका तीन जना सहयोगीहरुलाई पनि उही जेल सजाय तोकिएको समाचारमा जनाइएको छ ।
निर्वाचनपछि उनीहरुले केही कामहरु कानुन विपरित गरेको पाइएकाले जेल सजाय गर्ने निर्णय भएको अधिकारीहरुले बताएका छन् ।
कोलुन सिटी अदालतका एक जना न्यायाधिशले सिधै सांसदको स्वाभिमान मास्ने काम गरेकाले ती पाँचै जनालाई जेल सँजाय दिनु परेको बताएका छन् ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू