१० माघ २०८१

केयर फाउंडेशन समाजको पूरक पूर्व मन्त्री अन्सारी

२० जेष्ठ २०७५, आईतवार २१:४९ मा प्रकाशित

Care khabar, kathmandu

पूर्व गृह राज्य मन्त्री रिजवान अन्सारीले केयर फाउंडेशन लाई समाजिक समस्याको पहिचान सहित समाधान गर्ने संस्था भएको बताएका छन ।

धूम्ब्राहि पार्टी प्यालेसमा केयर फाउन्डेशन द्वारा आयोजित अफ्तार कार्यक्रममा पूर्व मंत्री एवम नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले समाज तथा राष्ट्रको बिकासमा आई रहेको अवरोधहरुको निर्क्योल गरी दक्ष जनशक्ति तयार पार्ने ठुलो योगदान पुर्याउन निर्माण गरिएको केयर फाउंडेशन समाजको पूरकको रुपमा ठहर गरे ।

मोबीन खानको अध्यक्षता संचालन रहेको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता अतहर फारूकीले बर्तमान सरकारको पार्टी निर्माणमा हामी मुस्लिम हरुको ठुलो योगदान रहेको छ। तर पनि सरकारले मुस्लिम समुदायको मांग मुद्दामा सकारात्मक नहुनाले भविष्य खराब हुने संकेत भई रहेको बताए ।

एक महीने ब्रत चलि रहेको मुस्लिम धर्मावलम्बीहरुले सूर्यास्त भए पछि ब्रत तोड़ने कार्य लाई अफ्तारी भनिन्छ र अफ्तारी गर्नु/ गराउनु महान पूण्य काम मध्येको एक हो।
अफ्तार कार्यक्रममा फाउंडेशनका उपाध्यक्ष एवम केयर ह्युमन राइटका प्रमुख सेराज फारूकीले मानव हितको काम अंतर्गत रही समाजमा न्याय र इंसाफको आभास हुने गरी योजनागत गई रहेको बताए ।
फाउंडेशनको सामाजिक तथा साँसकीर्तिक विभागको प्रमुख डाक्टर मुख्तार अन्सारीले आफ्नो विभागीय उद्देश्य हरू बताउदै साँसकीर्तिक तत्व हरुको प्रस्फुटन गरी समाजिक सद्भाव लाई निरन्तरता दिई विकिर्ती र विसंगतीको अन्त्य गर्नु लक्ष्य रहेको बताए ।
निःशुल्क लोक सेवा तयारी कक्षा संचालन गरी बिद्यार्थी हरुलाई सरकारी नोकरीमा लगाउने उद्देश्य रहेको केयर एजुकेशनला प्रमुख अख्तर हुसेनले जानकारी गराए ।
फाउन्डेशनको अफ्तार कार्यक्रममा सर्वोच्च न्यायाधीश  अब्दुल अजीज , उर्दू एकेडमीका अध्यक्ष इम्तियाज वफ़ा , फाउंडेशनका केंद्रीय सदस्य सलामुद्दीन मियां , मरकज इस्लामीका महासचिव जियाउर्रहमान अब्दुसलाम , पूर्व सांसद जुनैद अन्सारी, अल्हेरा एजुकेशनका महासचीव सेराज बरकतुल्लाह ,रूबरू एफ एम का संचालक हारून कादरी, यू ए ई राजदूतावासका इब्राहिम अन्सारी ,कृषि विभागकप्रमुख निर्देशक डिली राम शर्मा , नेता ताज मोहम्मद मिया, राज खान ,अज़हर फारूकी ,अनस अन्सारी लगायत मुस्लिम बुद्धिजीवी राजनीतकर्मी मीडियाकर्मी बिद्यार्थी समाजसेवी साहित्यकार मानवअधिकर्मीहरुको सराहनीय उपस्थिति थियो।

 

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter